गोरखामा आत्महत्या भनी गाडिएको शव निकालियो
गोरखा १२ साउन : गोरखामा आत्महत्या गरेको भनी गाडिएको एक महिलाको शव प्रहरीले सात दिनपछि निकालिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठका अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नं.४ भण्डारी गाउँ बस्ने बर्ष ४६ को मारज गुरुङको श्रीमती बर्ष ४५ की रन माया गुरुङको शव गाडिएको स्थानबाट निकालिएको हो ।
गत साउन ४ गते राति १० बजेको समयमा घर भित्र झुण्डिएर मृत्यु भएको श्रीमान् मारज गुरुङले बताएपछि स्थानीयहरुले उक्त घटना आत्महत्या नै...









