कुरिनटार : प्रतिबन्धित लागु औषधसहित गोरखाका दुई युवा पक्राउ परेका छन् प्रहरी चौकी इच्छाकामना कुरिनटार चितवनबाट खटिएको प्रहरी टोलिले गोरखाको गण्डकी गाउँपालिका वडा नं. २ बस्ने सुमन गुरुङ र वडा नं. १ बस्ने बर्ष २५ को उज्वल गुरुङलाई पक्राउ गरिएको हो ।
सुमन गुरुङले चलाएको लु.१५ प. ११ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडी सवार उज्वल गुरुङले भिरेको कालो झोला भित्र रातो प्लाष्टिक भित्र पोको बनाई लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ट्रमाडोल हाइड्रो क्लोराइड क्याप्सुल २६ पत्ता (२६० ट्याब्लेट)सहित उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उक्त लागु औषधसहित नियन्त्रणमा लिई जिल्ला अदालत चितवनबाट आज पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
इच्छाखबर संवाददाता












