कुरिनटार,१३ साउन । सौर्य सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुप्रति भवपूर्ण श्रद्धञ्जली अर्पण तथा आत्माको चिरशान्तीको कामना गर्दै चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको छ।  विश्व हिन्दु महासंघ इच्छाकमनाको आयोजनामा आइतबार इच्छाकामना मन्दिरमा दीप प्रज्वलन गरिएको हो । विश्व हिन्दु महासंघले दुबै दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुको सम्झनामा जिल्लाका सबै स्थानीय तहमा दीप्रज्वलन गरिएको यादव प्रसाद अधिकारीले जानकारी दिनुभयो । सोही अनुसार सौर्य सौर्य एयरलायन्सको जहाज र सीमलताल बस दुर्घटनाका मृतक र वेपत्ता भएकाहरुको सम्झनामा  भवपूर्ण श्रद्धाञ्जली अर्पण तथा आत्माको चिरशान्तीको कामना गर्दै इच्छाकामनाले पनि दीप प्रज्वलन गरिएको  अधिकारीले बताउनुभयो ।