रामेछाप  : पहिरोमा परेर रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा  ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ।

गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।

पहिरोले ४ घर बगाएको छ। थप विवरण आउन बाँकी छ।