पल्लोटार ,९ भदौ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ को सेवा केन्द्र पल्लोटारमा स्थापना गरिएको छ । भौगोलिक अवस्थालाई मध्यनजर गर्दै गण्डकी गाउँपालिका वडा नं ६ को सेवा केन्द्र सोही वडाको पल्लोटारको भैरवी कृषि सहकारी संस्था लि.को भवनबाट आइतबारदेखि सेवा शुभारम्भ गरिएको हो ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले एक कार्यक्रमकाबिच सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष तुल बहादुर गुरुङ, वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मी लगायत जनप्रतिनिधी, सहकारीका व्यवस्थापन समितिका पदाधिकारी, वडा तथा गाउँपालिकाका कर्मचारी र स्थानिय सर्वसाधारणको उपस्थिती रहेको थियो।