मुग्लिन १६ भदौ: रुख ढलेर अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएका थिए ।
अहिले रुख पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।