काठमाडौं : अमेरिकाको मेरिल्यान्डमा एक नेपाली मृत भेटिएका छन्।मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन।
चितवनको भरतपुरमा गणित शिक्षकसमेत रहेका उनी सन् २०१५ मा अमेरिका पुगेका थिए। मृतक प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्।
उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ ।मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण्डारीले बताएका छन् ।