गोरखा  : गण्डकी गाउँपालिका–२ स्थित पशुपति प्रजा प्रा।वि. आँपटारमा वडाको सेवा कार्यालय स्थापा गरेको छ ।गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ ले आज एक कार्यक्रमकाबिच सेवा कार्यालयको उद्घाटन गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी वडा नम्बर २ का वडाध्यक्ष याम बहादुर थापासहित जनप्रतिनिधि कर्मचारी र स्थानीयहरुको  उपस्थिति रहेको थियो ।  अब वडा नं २ को सेवाहरु हरेक महिनाको ५ गते, १५ गते र २५ गते गरि ३ दिन यस पशुपति प्रजा प्रा.वि.बाट प्रवाह हुने वडाध्यक्ष याम बहादुर थापाले बताउनुभयो ।सेवा प्रवाहमा सहजता प्रदान गर्नका लागि यहाँबाट पनि सेवा  प्रदान गर्ने गरि कार्यालय स्थापना गरिएको उहाँको भनाई छ ।


सेवा केन्द्रको प्रयासका लागी वडा नं २ लाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुहुदै  गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले जनतालाई यस कार्यले घरदैलोमा सेवा भन्ने भावनालाई आत्मसाथ गरेको बताउनुभयो । गाउँपालिका बासीलाई   सहजरुपमा सेवा प्रदान गर्नका लागि गाउँपालिकाले सदैभर लागि परिरहेको बताउनुभयो ।