
कुरिनटार,२६ भदौ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा इच्छाकामनाको प्रथम भेला सम्पन्न भएको छ । कुरिनटारमा सम्पन्न भेलाले जित बहादुर परियारको नेतृत्वमा २६ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ । भेलालले अध्यक्षमा जीत बहादुर परियार, उपाध्यक्षमा लाल बहादुर विक र विर बहादुर विक,सचिवमा वेनदास परियार, सह–सचिवमा शिशिर परियार र कोषाध्यक्षमा मनकुमारी विकललाई चयन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो।
कार्यसमिति सदस्यहरुमा नन्द बहदुर विक, दुर्गा बहादुर सुनार, गोपाल विक, चन्द्रसिङ परियार, ज्ञान बहादुर कामी, विनोद विक , सिर्जना विक, सन्दिप परियार, राजु परियार, देवीसरा रसाईली, पुजा सुनार, पिपला सुनार, धनलाल सुनार, निर्मला सुनार, आइत बहादुर सुनार, सुकमान परियार, विनोद परियार, बम बहादुर परियार, मिरा सुनार र विना सुनार रहेका छन् ।