
कुरिनटार: चितवनमा काठ तस्करमा सलग्न दुई जना पक्राउ परेका छन् । चितवनको इच्छाकामना ७ बाट काठ तस्करी गरिरहेको अवस्थामा काठ सहित पक्राउ परेका हुन् ।
डिभिजन बन कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा कालिकानगरपालिका २ का उदेश तामाङ,रत्ननगर नगरपालिका १२ सालघारीका शक्ति तामाङ र विशाल तामाङ रहेका छन् ।
शनिबार दिउँसो १ बजे इच्छाकामना ७, स्याङदी गाउँको अमृत चोकबाट बाघखोर सिमलढाप जाने बाटोमा रहेको कालिखोला घोलबाट ढुङ्गाले छोपी ४०.५८ क्युफिट सालको चिरान काठ लुकाई छिपाई लैजादैँ गरेको अवस्थामा डिभिजन वन कार्यालय चितवन,हरिपुर सव डिभिजन वन कार्यालयका कर्मचारी तथा चण्डिथान सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले न. ५ त. ६३८१ नम्बरका ढाला जोडेको ना. ७ त १४२ नम्बर को ट्याक्टरसहित उनिहरुलाई पक्राउ गरिएको हो ।
यसैबिच भरतपुर महानगरपलिका ११ सिद्धीविनायक टोलबाट १८.९५ क्यूफिट काठ बरामद गरेको छ । आइतबार विहान कृष्ण वहादुर खड्का संचालक रहेको त्रिशाद फर्निचरबाट साल गोलिया ६ थानको १८.९५ क्युफिट काठ बरामद गरी आवश्यक अनुसन्धान गरीरहेको डिभिजन बन कार्यालय चितवनले जनाएको छ ।