सम्भावित इच्छाकामना जेसिजद्वारा बालबालिकालाई न्यानो कपडा वितरण
इच्छाकामना : सम्भावित इच्छाकामना जेसिजले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ तामिनमा रहेको आधारभूत राष्ट्रिय विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर ट्राउजर र टोपी वितरण गरेका हुन् ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचनको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेका हुन् । वडाध्यक्ष शेरचनले बालबालिकाहरुका लागि न्यानो कपडा सहयोग गरेकोमा सम्भावित जेसिज इच्छाकामनालाई धन्यवाद दिनुभयो । साथ...









