नेपालीको भान्सामा बम
काठमाडौँ : ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सुरुमा घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली आगलागी भएको देखिन्छ। त्यसपछि चौथो तलास्थित भान्साको सिलिन्डर आगोले भेटेर पड्किएको थियो।
ललितपुरकै हौगालस्थित तामापित्तल वेल्डिङ गर्ने कारखानामा ग्यास सिलि...









