इच्छा खबर:
को हुन् / किन जिताउने चितवन क्षेत्रीय सभापतिका उमेदवार लक्ष्मण गुरुङ्ग लाई

चितवन जिल्लाको पहाडि भेगबाट राजनितिमा उदाएको सामान्य परिवारमा जन्मेको काङ्ग्रेसको एउटा इमान्दार सिपाही हुन गुरुङ ।
२०५१ सालमा ने बि सङ्घको सदस्यता लिएर  राजनिती शुरु गरे ।
ने बि सङ्घ कविलास मा बि को अध्यक्ष , ने बि सङ्घ कविलास
गा वि स को अध्यक्ष , ने बि सङ्घ चितवनको क्षेत्रीय सदस्य हुदै ११ औ महाधिवेशनमा नेपाली काङ्ग्रेस कविलास गा वि स को पार्टी सचिव ,१२ औ महाधिवेशनमा ने का चितवनको क्षेतृय सचिव हुँदै १३ औ महाधिवेशनमा क्षेतृय सभापतिको उमेदवार बनेका थिए । ३ मत नपुग्नाले क्षेत्रीय सभापति बन्न सकेनन् । ५ बर्ष सम्म पार्टिको कुनै जिम्मेवारिमा नरहदा पनि गुरुङ निरन्तर पार्टिले सन्चालन गरेको हरेक कृयाकलापहरुमा सहभागी रहेर पार्टिको सिपाहिले गर्नुपर्ने कर्तब्य गरिरहे ।
यो ५ बर्षको अबधिमा थुप्रै पब्लिक चुनावहरु भए तर कुनै पनि चुनावमा उमेदवारको रुपमा उहाँको दावी रहेन,उहाँको उदेश्यनै क्षेतृय सभापती भएर यो निर्वाचन क्षेत्रमा काङ्ग्रेस बलियो बनाउने मात्रै चिन्ता रहयो । चितवनको यो क्षेत्र न २ को भौगोलिक अवस्था काउलेको सिराइचुली देखि नारायणगढको ब्यस्त शहर हुदै प्रेमबस्तिको तोरि खेत सम्म फैलिएको छ। अल्पसंख्यक पिछडिएको चेपाङ्ग समुदाय देखि जनजाती ,दलित, लगायत विभिन्न जात जाती, धर्म र सन्स्कृती मान्ने अनि  बिहान बेलुकी छाकटार्न गार्हो हुने बर्गको नागरिक देखि व्यापारी घरानाका धनाढ्यहरु बस्ने यो क्षेत्रलाइ काङ्ग्रेसले समान रुपमा समेट्न सक्ने र यी सबै बर्गका जनता एबम पार्टिमा आबद्द साथिहरुको अवस्था बुझेको नेतृत्व गर्ने क्षमता भएको नेताको  आवश्यकता यस क्षेत्रको लागि नितान्त आवश्यक छ ।