कुरिनटार- इच्छाकामना साहित्य प्रवाह इच्छाकामना चितवन द्वारा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जयन्ति कार्यक्रम सर्वशान्ती मा वि कुरिनटारको स्रोतकेन्द्र भवनमा प्रवचन, स्रष्टा सम्मान, प्रतियोगितात्मक कविता गोष्ठी सहित स्थानीय कवि रामनाथ त्रिपाठी द्वारा रचित “खुल्ला पर्दा” कविता संग्रहको विमोचन गरि सम्पन्न भएको छ।
साहित्य साधक कवि तथा निवन्धकार मोदनाथ मरहट्टाको प्रमुख आतिथ्य तथा सर्वशान्ति मा वि कुरिनटारका वि व्य स अध्यक्ष बासुदेव सिलवाल, कवि तथा आख्यानकार अनिल श्रेष्ठको विशिष्ट आतिथ्यता साथै गोविन्दप्रसाद पौडेल, जोहन खरेल प्रताप गुरुङ, समालोचक तेजविलास अधिकारी,माधवप्रसाद खनाल, टंकप्रसाद त्रिपाठी, विष्णुप्रसाद सापकोटा, श्रीरेन्द्रप्रकाश पोखरेल, पत्रकार चित्र सोल्टी,टेकनाथ त्रिपाठी,लेखकुमारी सापकोता,समेत करिव ६० जना भन्दा बढी उपस्थित रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सम्पूर्ण अतिथि ज्यूहरूलाई सहकोषाध्यक्ष भगवती अर्याल अधिकारी र सदस्य सरस्वती कट्टेल पोखरेलले खादा,व्याच र फूल अविर बाट स्वागत गर्नु भएको थियो भने सुजन सापकोटाले कोभिड १९ को विकराल संक्रमणको अवस्थामा पनि आफैँ सुरक्षित रहि आमन्त्रणलाई स्वीकारेर पाल्नुहुने प्रमुख अतिथि विशिष्ट अतिथि समेत साहित्यानुरागी सबैमा स्वागत मन्तव्य सहित अन्तसम्म कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । इच्छा खवर डट कमले अन्त्यसम्म कार्यक्रमको वाच गरिरहेको थियो ।
महाकविप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै संस्थाका उपाध्यक्ष एकराज शर्माले इच्छाकामना साहित्य प्रवाहको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई अतिथिको तर्फ बाट बासुदेव सिलवाल ,अनिल श्रेष्ठ, जोहन खरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस पछि प्रतियोगीतात्मक कविताहरु र प्रतियोगितामा समावेश नभएका कविताहरू प्रस्तुत गरिएका थिए ।
कविता प्रतियोगिताको निर्णायक मण्डलमा प्राज्ञिक व्यक्तित्व तथा साहित्यकार अनिल श्रेष्ठ,एकराज शर्मा र विष्णुप्रसाद सापकोटा रहनुभएको थियो ।
कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल साज्दा मिया,द्वितीय गौरी नेपाल र तृतीय विन्दु अधिकारी,निसारा थापा र शिला थापालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा साहित्य प्रेमीअग्रज व्यक्तित्व कर्णबहादुर गुरुङ र रेशमराज सिलवाललाई यस वर्षको स्रष्टा सम्मान गरिएको थियो । स्रष्टा सम्मान पूर्व कार्यक्रम संचालक शंकरप्रसाद सिलवालले स्रष्टा परिचय पढेर सुनाउनुभएको थियो भने सम्मानित स्रष्टाको तर्फबाट कर्णबहादुर गुरुङले यो सम्मान गरेकोमा संस्थाप्रति गौरवान्वित हुँदै आफ्ना भोगाइका अविस्मरणीय कार्यहरूको समीक्षा गर्नुभएको थियो ।
आजको अर्को प्रमुख आकर्षण केन्द्रमा रहेको इच्छाकामना साहित्य प्रवाहको दोस्रो प्रकाशन कवि रामनाथ त्रिपाठीको “खुल्ला पर्दा ” नामक कविता संग्रहको कार्यक्रमका अध्यक्ष,प्रमुख अतिथि, विशिष्ट अतिथि तथा कविका पिता, माताको बाहुली बाट विमोचन गरिएको थियो । उक्त अवसरमा समालोचक तेजविलास अधिकारीले कवि र विमोचित कव्य कृतिका वारे समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कवि तथा निबन्धकार मोदनाथ मरहट्टाले ” कवि बनाउने चाहना अभिभावकहरूमा नहुँदा नहुँदै पनि कवि बनेको धारणा राख्दै सबै बा आमाहरू आफ्ना बाबुनानीलाई डक्टर, इन्जिनियर,पाइलट बनाउने अभिलाषा राख्छन् तर लक्ष्मीप्रसाद देवकोटा,पारिजात तथा खुशीराम पाख्रीन जस्ता साहित्यकार जस्तै बनोस् भन्ने अभिलाषा कसैले नराखेको भन्दै साहित्यकारहरूले आज सम्म हार्नेको हैन जित्नेको मात्र कथा लेखिएको गुनासो गर्नुभयो ।
कार्यक्रम समापन पूर्व प्रमुख अतिथि र निर्णायक मण्डलहरूलाई अध्यक्ष बाट मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बाट उपस्थित सबैमा सम्बोधन गर्दै इच्छाकामना साहित्य प्रवाह हामी सबैको माया, सत्भाव र प्रयास बाट यहाँ सम्म आइपुगेको र यो संचालनमा हामी बाट संकलित चन्दा सहयोग बाट हालसम्म अगाडी बढिरहेका छौँ भन्नू भयो । यो संस्थालाई सहज ढंगले संचालन गर्न अक्षय कोष तथा चन्दा दाताहरूको थप अभिभावकत्वको अपेक्षा गर्दै यस वर्ष देवकोटा जयन्ती २०७८का अवसरमा आफ्नो तर्फबाट चन्दा बापत थप रु ५०००/- पाँच हजार यस संस्थाका कोषाध्यक्ष सुजन सापकोटा सरलाई हस्तान्तरण गर्नु भयो । यसै गरी अध्यक्ष बाट साहित्य प्रेमी सबैमा यस्तै सहयोगको अपेक्षा राख्नुभएको थियो । समय पावन्दिका कारण विमोचित कविता वारे कविको धारणा र अन्य धेरै कविका कविताहरू राख्न नसकिएकोमा दुख व्यक्त गर्दै अन्त्यमा अध्यक्षको भनाई श्रवण गर्ने खाली कुर्सीहरू मात्र बाकी रहेने स्थितिप्रति व्यङ्ग्य गर्नुभएको थियो । कार्यक्रममा आफ्नो सिर्जना प्रस्तुत गर्न्न नसकिए पनि सो सिर्जना फेसबुक मार्फत सबैमा सुनाउने अपेक्षा राख्नुभयो ।
अन्तमा पुन: दिपावलीको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अन्त सम्म रहेर आजको यस कार्यक्रम सफल पारिदिनुभएकोमा सबैप्रति हार्दिक आभार व्यक्त गर्दै कुशल संचालनका लागि संस्थाका सचिव शंकरप्रसाद सिलवालप्रति हार्दिक धन्यवाद सहित यो कार्यक्रम विसर्जन भएको घोषणा गर्नुभएको थियो ।