कुरिनटार – चितवनको इच्छाकामनाको अग्रीण विद्यालय सर्व शान्ति माविमा अध्यन गरेका भुतपुर्व विद्यार्थी हरुको संगठन सर्व शान्ति भुतपुर्व विद्यार्थी मञ्च द्वारा सुभ दिपावली र छठ पर्वको अवसरमा सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेकोछ।
सर्व शान्ति मावि सभाहलमा मञ्चका संयोजक बासुदेव सिलवालको अध्यक्षतामा आज संचालन भएको भेटघाट तथा चियापान कार्यक्रममा पुर्व शिक्षक, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि सहितको भुतपुर्व बिद्यार्थी हरुको उपस्थित रहेको थियो। भेलाले मञ्चको बिधान निर्माणका लागि बिधान निर्माण समिती गठन गर्ने निर्णय समेत गरेको छ।