
चितवन: नेकपा एमालेले करिव ६ हजार बढी प्रतिनिधि भेला गरेर बनाएको विधान २ महिना नपुग्दै संशोधन गरेको छ । मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले बनाएको विधानलाई संशोधन गरेको हो । पार्टीमा पदको आकाँक्षि बढी भएपछि भाग नपुगेका कारण विधान संशोधन गरेर विधान महाधिवेशनले तोकोको पद संख्यालाई भारी संख्यामा थप गरिएको छ ।
शुक्रबारबाट चितवनमा सुरुभएको महाधिवेशनको बन्दसत्र सुरु हुनुपूर्व मध्यराती बसेको केन्द्रीय कमिटी बैठकले सांगठनिक संरचना यथावत रहनेगरि केही संख्या थप गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् । शनिबार ९आज० बिहान १० बजेकाट चितवन सौराहा स्थित होटल सेभेनस्टारमा बन्द सुरु हुने छ ।