चितवन : नेपाल कम्युनिष्ट पार्टी .(माओबादी केन्द्र) ले आज देशभरी रहेका सात सय ५३ वटा स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएको छ । पार्टीका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले दिनको १ बजे भर्चुअल माध्यमबाट एकसाथ पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय सदस्य अमर तमुले बताए ।

निर्वाचन प्रक्रियाबाट पालिका हाँक्न सक्ने नेतृत्व चयन हुने माओवादी केन्द्रले जनाएको छ ।