
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदैहुनुहुन्छ । पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि ओली आज विहान चितवन आउन लाग्नुभएको हो अध्यक्ष ओली विहान ११ बजे चितवन पुग्ने कार्यक्रम रहेको छ । एमालेको महाधिवेशन भोलिदेखि तीन दिनसम्म चितवनमा हुँदैछ । नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन सत्र हुँदैछ भने बन्द सौराहामा हुँदैछ ।
उद्घाटन सत्रमा एमालेले ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।