
चितवन : नेकपा एमालेको १० औँ महाधिवेशनका प्रतिनिधि तथा पाहुनाहरुलाई होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले विशेष छुटको व्यवस्था गर्ने भएको छ । खाना बस्नका लागि उचित छुटको व्यवस्था गर्ने भएका हुन् । संघका महासचिव प्रकाश त्रिपाठीका अनुुसार महाधिवेशन अवधीभर प्रतिनिधि, पर्यवेक्षक लगायत अन्य सहभागीहरुलाई उचित व्यवस्थाको छुट गरिएको हो । पोखरा बसपार्क क्षेत्रका होटलहरु, पारस बसपार्क, कमल नगर,टाँडी पर्सास, क्यान्सर अस्पताल,नारायणगढ बजार, रामनगर, मुग्लिन र रमाईलो डाडाँ लगायतका क्षेत्रमा रहेका होटलहरुलाई उचित छुटको व्यवस्था गर्न संघले सम्पूर्ण होटल व्यवसायीहरुलाई आग्रह गरिएको महासचिव त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार संघले कती प्रतिशत छुट दिने भन्ने नतोकिएको तर व्यवसायीलाई आफै उचित छुट सहित सेवा सत्कार दिई प्रतिनिधि तथा पाहुनाहरुलाई खुशी पार्न आग्रह गरिएको छ । यसबाट होटल तथा रेष्टुरेन्ट व्यवसायमा प्रवद्र्धन पुग्ने विश्वास लिएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यावसायी संघमा ४५० होटलहरु आवद्ध रहेको संघका अध्यक्ष ज्योतिप्रसाद कडेँलले बताउनुभयो । ४५० होटलमा करिब एक हजार २०० कोठा रहेको उहाँले बताउनुभयो । संघले महाधिवेशनमा पाल्नुभएका पाहुनाहरुलाई उचित आदर सत्कार सहित कुनै कमीकमजोरीरहित आफ्नो सेवा प्रदान गर्न समेत व्ययसायीहरुलाई आग्रह गरिएको छ ।