
कुरिनटार : नेपालकै पहिलो मनकामना केबुलकार आजदेखि पुन ः नियमित रसञ्चालनमा आएको छ । बुधबार केबलकारको ब्रेक चोपर र २ वटा टावर मर्मतका लागि बन्द गरेको केबलकार आज बिहानैदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिले जनाएको हो ।
प्रालिले सूचना जारी गर्दै मंसिर ५ गते बुधबार र ६ गते बिहीबार केबुलकारको ब्रेक चोपर र टावर नम्बर १ र २ को परिमार्जन कार्य गर्न बन्द गर्न लागेको जनाएको भएता पनि उक्त कार्य एकै दिनमा काम सकिएकोले सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार कम्पनीबाट आएका प्राविधिकहरुले केही दिनदेखी साँझमा काम गरीरहेकाले २ दिन बन्द गर्ने भनिएकोमा आज १ दिनमा नै काम सम्पन्न भएकोले हिजो १ दिनमात्र बन्द गरिएको हो ।