धादिङमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु दुई जना घाइते
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।
बा ४४ प ९८३६ नम्बरको पल्सर मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर एकापसमा ठोक्किँएपछि मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–...








