Banner News

मनकामना केबलकार आजदेखी चार दिन बन्द

मनकामना केबलकार आजदेखी चार दिन बन्द
कुरिनटार : नेपालकै पहिलो मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उहाँले बताउनुभयो । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भन...

कांग्रेस १४ औँ महाधिवेशन अपडेट : तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज

कांग्रेस १४ औँ महाधिवेशन अपडेट :   तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज
काठमाडौं : १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो। महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गर्नुभएको छ । डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन। आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट...

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
काठमाडौँ : १४ औं महाधिवेशनबाट नेपाली काँग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् । देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त गरेका छन् ।...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा भारी मतान्तरले विजयी

कांग्रेस सभापतिमा शेरबहादुर देउवा भारी मतान्तरले विजयी
काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन्। दोस्रो चरणमा आज भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा।शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन्। सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो। जसमा देउवाले २७३३ र कोइरालाले १८५५ प्राप्त गरेका छन्। ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पहिलो चरणमा सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैक...

नदीजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न १० सवारीसाधन नियन्त्रणमा

नदीजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न १० सवारीसाधन नियन्त्रणमा
चितवन : नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न सवारीसाधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तीन वटा ट्रयाक्टर भोजाड एरियाबाट दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर जुटपानी एरियाबाट नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाएको प्रहरीले जनाएको छ ।

इच्छाकामना २ विपराङमा एक घरमा आगलागी हुदाँ लाखौँको धनमाल जलेर नष्ट

इच्छाकामना २ विपराङमा एक घरमा आगलागी हुदाँ लाखौँको धनमाल जलेर नष्ट
कुरिनटार : चितवनको इच्छाकामनामा एक घर जलेर नष्ट हुदाँ लाखौँको क्षती भएका छन् । आज विहान १० बजेतिर घरमा आगा लागि हुदाँ इच्छाकामना २ विपराङका दाउरी गुरुङको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । स्थानीयका अनुसार घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक वटा मंगलसुत्र पनि जलेको अवस्थामा भेटिएको छ । स्थानीय शिक्षक पदम बहादुर चेपाङका अनुसार घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागीको कारण खुलेको छैन । घरमा रहेको नगद गरगहना कपडा अन्न ...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु
गोरखा : गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार गण्डकी गाउँपालिका २ ताङलीचोक साँधीखोला बस्ने बर्ष २८ को टिकाराम थापाको मृत्यु भएको हो । वडा नम्बर २ कै घ्याप्रिङ गाउँ स्थित एक घरमा फलामको रेलिङ हाल्ने क्रममा डण्डी मिलाउँदै गर्दा विद्युत लाइनको तारमा छुन पुग्दा उनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो । उनको शवको जाँच मुचुल्का समेतको प्रारम...

आज उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

आज उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, २७ मंसिर । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। ...

खस आर्यतर्फ प्रभावशाली उम्मेदवार चितवनका अधिकारी

खस आर्यतर्फ प्रभावशाली उम्मेदवार चितवनका अधिकारी
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलि नेतृत्व छनोट गरेर विधिवत रुपमा अन्त्य हुँदैछ । आज आइतबार प्रतिनिधिसँग मत माग्न उम्मेदवार व्यस्त छन् । यस्तै व्यस्त मध्ये खस आर्यतर्फका उम्मेदवार चितवनका प्रकाश अधिकारी मतदातामाँझ लोकप्रिय देखिए । उनले नेपाली कांग्रेसमा पु-याएको योगदानले लोकप्रिय छवि बनाएका अधिकारी २०३६सालको विद्यार्थी आन्दोलनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भइ विभिन्...

कांग्रेस १४ औँ महाधिवेशन : ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध

कांग्रेस १४ औँ  महाधिवेशन :  ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध
काठमाडौं : आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समिति सदस्य तेज रावलका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्। यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको रावलले बताए। ढुंगाना र रिजाल दुवैजना संस्थापन पक्षका हुन्।