
फिस्लिङ,२३ मंसिर । कन्टेनरले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ ख ८६३० माइक्रोलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले आज विहान चितवनको इच्छाकामना ३ फिस्लिङमा ठक्कर दिदाँ माइक्रोमासवार ६ जना घाइते भएका हुन् । घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्रकले ठक्कर दिएपछि माइक्रो स्थानीय मित्र गुरुङको घरभित्र छिरेका थिए ।