Banner News

तनहुँमा गोली लागेर मृत्यु

तनहुँमा गोली लागेर  मृत्यु
तनहुँ : शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित

कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित
चितवन : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधानअनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो। दोस्रो चरणको मतदानमा बानियाँले १०८५ मत प्राप्त गरेका थिए भने केसीले ९...

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ
चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् । नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आ...

राप्रपाको महामन्त्रीमा रेखा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी

राप्रपाको  महामन्त्रीमा रेखा  थापालाई  पराजित  गर्दै कुन्ती शाही विजयी
काठमाडौं,१९ मंसिर,। राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– निर्मल निवासको नाङ्गो हस्तक्षेप

अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– निर्मल निवासको नाङ्गो हस्तक्षेप
काठमाडौं : राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् । राजा ज्ञानेन्द्रले पार्टीमा हस्तक्षेप गरेको भन्दै उनले ट्वीट गरेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’ उनले पराजयलाई सहर्ष स्वीकार गर्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना पनि दिएका छन् । उनले ट्वीट गरेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्...

पृथ्वीराजमार्गका दायाँबायाँ संरचना निर्माण गर्न रोक

पृथ्वीराजमार्गका दायाँबायाँ संरचना निर्माण गर्न रोक
दमौली : मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दायाँबायाँ विभिन्न क्रियाकलाप र गतिविधि गर्न रोक लगाएको छ । मुग्लिङ–पोखरा राजमार्ग सुधार चरण एक योजनाअन्तर्गत आँबुखैरेनी जामुनेसम्मको सडकखण्डलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न लागिएकाले उक्त खण्डमा विभिन्न क्रियाकलाप गर्न रोक लगाइएको हो । राजमार्गको क्षेत्राधिकारभित्र केन्द्रदेखि २५÷२५ मिटर दायाँबायाँ पर्ने गरी खेतीबाली, खाडल खन्ने वा कुलोकुलेसा निर्माण, खानेपानी, धारा निर्माण गर्ने, सडकसँग ज...

पत्रकार आचार्यद्धारा ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना

पत्रकार आचार्यद्धारा ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना
चितवन: चितवनमा पहिलो पटक क्रान्तिकारी पत्रकारका लागि ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना गरिएको छ । प्रेस सेन्टर चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्यले आफ्नो छोरा अग्रिम आचार्यको नाममा १ लाख १ हजार ५ सय रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको हो । आज एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकार राजेन्द्र आचार्य र उहाँका बुवा हरिप्रसाद शर्माले अक्षयकोषका लागि चेक हस्तान्तरण गर्नुभएको थियो । सौराहा अनलाइनको...

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान हुदैँ , वागमतीमा त्रिपक्षीय भीडन्त हुने

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान हुदैँ , वागमतीमा  त्रिपक्षीय भीडन्त हुने
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ। प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल –सिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने छ। प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ। शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। प्रदेशसभाको सभापतिको उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि दुवै पक्षलाई ...

प्रेस सेन्टरको नेपालको चौथो राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा सुरु हुदैँ

प्रेस सेन्टरको नेपालको  चौथो राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा सुरु हुदैँ
चितवन : प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन आजदेखी सुरु हुने भएको छ । चितवनमा हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आज र भोली दुई दिन सम्म चल्ने सम्मेलनमा सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् ।सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् । यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो ...

नारायणगढ –मुग्लिन सडकमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यु

नारायणगढ –मुग्लिन सडकमा  ट्रिपरको ठक्करबाट  महिलाको मृत्यु
चितवन : नारायणगढ –मुग्लिन सडक खण्डमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । केहीबेर अघि मुग्लिन तर्फबाट नारायण तर्फ जादैँ गरेको प्रदेश २–३–००१ प् ४२४९ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादैँ गरेको ना ६ ख ६७२७ नम्बरको ट्रिपरले भरतपुर महानगारपालिका २९ जुगेडीमा ठक्कर दिदाँ अन्दाजी ५०/५५ बर्ष उमेरकी कुमारी सर्कीको घटनास्थलमै ज्यान गएको हो । मृतकको ठेगाना खुलेको छैन । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । थप विवरण आउन बाँकी ।