कुरिनटार : चितवनको इच्छाकामनामा एक घर जलेर नष्ट हुदाँ लाखौँको क्षती भएका छन् । आज विहान १० बजेतिर घरमा आगा लागि हुदाँ इच्छाकामना २ विपराङका दाउरी गुरुङको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । स्थानीयका अनुसार घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक वटा मंगलसुत्र पनि जलेको अवस्थामा भेटिएको छ । स्थानीय शिक्षक पदम बहादुर चेपाङका अनुसार घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागीको कारण खुलेको छैन ।
घरमा रहेको नगद गरगहना कपडा अन्न सबै जलेर नष्टभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सम्म कती क्षती भयो भन्ने एकिन भएको छैन ,घरपूर्णरुपमा जलेर नष्ट भएको छ, हामी अहिले पीडित परिवारका लागि खाद्यान्न र कपडा जोह गर्न लागीपरेका छौँ घटना बारे प्रहरीलाई खबर गरेका छौँ । ’
मानवीय क्षती भने नभएको उहाँले बताउनुभयो ।