
गोरखा : गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार गण्डकी गाउँपालिका २ ताङलीचोक साँधीखोला बस्ने बर्ष २८ को टिकाराम थापाको मृत्यु भएको हो । वडा नम्बर २ कै घ्याप्रिङ गाउँ स्थित एक घरमा फलामको रेलिङ हाल्ने क्रममा डण्डी मिलाउँदै गर्दा विद्युत लाइनको तारमा छुन पुग्दा उनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
उनको शवको जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान गरि पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको डिएसपी दाहालले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।