Banner News

निर्माण सम्पन्न भएको चार महिनापछि फिस्लिङ – भूम्लिचोक जोड्ने मोटरेबल पुल सञ्चालनमा

निर्माण सम्पन्न भएको चार महिनापछि  फिस्लिङ – भूम्लिचोक जोड्ने मोटरेबल पुल सञ्चालनमा
फिस्लिङ : गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने मोटरबेल पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको चार महिनापछि आजबाट सञ्चालनमा आएको हो । पुल निर्माण सम्पन्न भएपनि पुल सम्म जोड्ने गोररखा तर्फको सडक निर्माण नहुदाँ सञ्चालनमा आउन सकेको थिएन। निर्माण कम्पनीले नै पुलसम्म जोड्ने सडकको ट्रयाक खन्नुपर्नेमा पुल मात्र निर्माण गरि छोडिदिएका थिए । गत पुस ७ गते वडा अध्यक्ष जीवन गुरुङको सक्रियतामा दशै अघि देखि रोकिएको पुलको बाँकी रहेको पुल सङ जोड्ने मु...

फिस्लिङ– भुम्लिचोक जोड्ने पुल छेक्न राखेको चौकिदारले चार महिनादेखि तलब पाएनन्

फिस्लिङ– भुम्लिचोक जोड्ने पुल छेक्न राखेको चौकिदारले चार महिनादेखि तलब पाएनन्
गोरखा : चितवनको फिस्लिङबाट गोरखाको भुम्लिचोक जोड्ने पक्की पुलमा गाडी चलाउन नदिन ठेकेदारले चौकीदार राखेको छ । चार महिनाअघि निर्माणसम्पन्न पुलमा गाडी गुडाउन नदिन ठेकेदारले चौकीदार राखेको छ । पुलमा गाडी गुडाउन नदिन गण्डकी गाउँपालिका ६ का तुलबहादुर थापालाई चौकीदार खटाएको हो । ‘यहाँबाट गाडी चल्न नदिनू भन्ने आदेश छ’, चौकीदार थापाले भने, ‘म निदाएको बेला लगे भने मात्रै, नत्र बिहानदेखि चौबीसैघण्टा म खटेको हुन्छु । गाडी लैजान दिन्न ।’ रातको समयमा आफू निदाएका बेला एउटा ट्याक्टरबाहेक ...

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापन पक्षका कृष्णप्रसाद यादव निर्वाचित

नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका  कृष्णप्रसाद यादव निर्वाचित
काठमाडौं,९ पुस । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापन पक्षका कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पा...

मनकामना केबलकार आजदेखि नियमित संचालनमा

मनकामना केबलकार आजदेखि नियमित संचालनमा
कुरिनटार : नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आएको छ । यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो। केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए। अष्ट्रियाली प्राविधिकको सुपरीवेक्षणमा मर्मत सम्भार गरिएको उनले बताए। कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिरहेको छ। लामो समयदेखि जडान गरिएको प्रविधि र उपक...

इच्छाकामनाको चुम्लिङटारमा बस दुर्घटना हुदाँ नौ जना घाइते, अवरुद्ध राजमार्ग सुचारु

इच्छाकामनाको चुम्लिङटारमा बस दुर्घटना हुदाँ नौ जना घाइते, अवरुद्ध राजमार्ग सुचारु
चितवन : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा आज विहान रात्रीबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।काकडभित्ताबाट काडमाडौतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०३३० नम्बरको बस विहान ४ः४५ बजे बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका मध्ये काठमाडौंको शंखरापुरा नगरपालिका–३ का ६५ वर्षीय रञ्जित तामाङको अवस्थामा गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको चितवन प्रहरीले जनाएको छ ।अन्य घाइतेहरुको स्थानीय अस्पता...

कांग्रेस १४ औं महाधिवशेन : मुक्ताकुमारीले ल्याइन् सबभन्दा बढी मत

कांग्रेस १४  औं महाधिवशेन :   मुक्ताकुमारीले ल्याइन् सबभन्दा बढी मत
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीसहित ८८ केन्द्रीय सदस्य चुनिएका छन् । उनीहरुमध्ये रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत भएका हुन्, बाँकी सबै निर्वाचन जितेर आएका हुन् । मुक्ताकुमारी यादव पनि मधेसी महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । तर उनका लागि यो महाधिवेशन विशेष बनेको छ । १२ औं र १३ औं महाधिवेशनमा पराजित उनले १४औं सबभन्दा बढी मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार उनी सर्वाधिक मतसह...

चितवनमा भोलिदेखि विद्युतीय राहदानी वितरण सुरू

चितवनमा भोलिदेखि विद्युतीय राहदानी वितरण सुरू
चितवन : जिल्ला प्रशासन कार्यालय चितवन भोलिदेखि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरणको काम सुरू गर्ने भएको छ । सेवाग्राहीले अनलाइनबाटै फारम भरेर पासपोर्ट लिन सकिने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘इन्टरनेटको माध्यमबाट घरबाटै पासपोर्टको लागि फारम भर्न सकिन्छ,’ उनले भने, ‘फारम भरिसकेपछि पासपोर्ट लिन भने जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्छ।’ प्रशासन कार्यालयबाट सहीछाप गरी सेवा शुल्क बुझाएपछि काम सकिने उनले बताए। जिल्ला प्रशासन कार्यालयबाट आवश्यक तयारी...

प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति

प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति
काठमाडौँ ः नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा चितवनका बाँदरझुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ । चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका भूमिहीन र सुकुम्वासीले आफूहरुलाई जग्गाको स्वामित्व दिलाउनुपर्ने माग राख्दै विगत केही दिनदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका थिए । अध्यक्ष प्रचण्डले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी० का अध...

प्रधानमन्त्री देउवाको आवहानमा आज सर्वदलीय बैठक, एमाले सहभागी नहुने

प्रधानमन्त्री देउवाको आवहानमा आज सर्वदलीय बैठक, एमाले सहभागी नहुने
काठमाडौं : संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ। बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उ...

आज उधौली पर्व मनाइँदै : सार्वजनिक बिदा

आज उधौली पर्व मनाइँदै : सार्वजनिक बिदा
काठमाडौँ : सरकारले आज (आइतबार) उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को १ पुस २०७८ मन निर्णयअनुसार आइतबार देशभर सम्बन्धित् समुदाय र काठमाडौँ उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।