चितवन : नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न सवारीसाधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तीन वटा ट्रयाक्टर भोजाड एरियाबाट दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर जुटपानी एरियाबाट नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाएको प्रहरीले जनाएको छ ।