
चितवन : जिल्ला प्रशासन कार्यालय चितवन भोलिदेखि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरणको काम सुरू गर्ने भएको छ । सेवाग्राहीले अनलाइनबाटै फारम भरेर पासपोर्ट लिन सकिने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘इन्टरनेटको माध्यमबाट घरबाटै पासपोर्टको लागि फारम भर्न सकिन्छ,’ उनले भने, ‘फारम भरिसकेपछि पासपोर्ट लिन भने जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्छ।’
प्रशासन कार्यालयबाट सहीछाप गरी सेवा शुल्क बुझाएपछि काम सकिने उनले बताए। जिल्ला प्रशासन कार्यालयबाट आवश्यक तयारी सकिएको उनले बताए। विद्युतीय राहदानीको लागि अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । आफूले गरेको बुकिङकै आधारमा पालो पनि छिटो आउने प्रमुख जिल्ला अधिकारी तामाङले बताए।