Banner News

माओवादी केन्द्रको महाधिवेशन : केन्द्रिय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग

माओवादी केन्द्रको महाधिवेशन : केन्द्रिय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग
काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनका प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एकजना प्रतिनिधिले भनिन्, ‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।’ संघीय संरचनाअनुसारको वैज्ञा...

नयाँ बसपार्कमा महिलालाई सामूहिक बलात्कार , ८ जना पक्राउ

नयाँ बसपार्कमा महिलालाई सामूहिक बलात्कार , ८ जना पक्राउ
काठमाडौं : महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको र अर्का एक जना बुधबार बिहान पक्राउ परेको बताए । उनका अनुसार पीडित सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी महिला हुन् । उनका श्रीमान् धेरै पहिलेदेखि बेपत्...

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठलाई इच्छाकामनामा भव्य स्वागत (भिडियो सहित )

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठलाई  इच्छाकामनामा भव्य स्वागत (भिडियो सहित )
कुरिनटार : बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित अञ्जनी श्रेष्ठलाई चितवनको इच्छाकामनामा भव्य स्वागत गरिएको छ । सोमबार इच्छाकामना गाउँकमिटीले कुरिनटारमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । इच्छाकामनाका पार्टी सभापति कृतिकुमार श्रेष्ठ लगायत स्थानीय पार्टी कार्यकर्ताहरुले अविर खदा लागएर भव्य स्वागत गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा गाउँपाल...

तनहुँ वन्दिपुरको तिलाहारमा ८५ जना कांग्रेसमा प्रवेश

तनहुँ वन्दिपुरको तिलाहारमा ८५ जना कांग्रेसमा प्रवेश
तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख अतित्थ्यतामा वन्दिपुर गाउपालिका वडा न.५ को तिलाहारमा पौष १२ गते सोमबार विभिन्न पार्टी त्याग गरी ८५ जना यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।   नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले साधारण सदस्य दिएर स्वागत गरे । साथै सोही कार्यक्रमको बिच नव प्रवेशी यूवाहरु लाई दुख सुखमा अब नेपाली काङ्ग्रेसले साथ दिने प्रतिबद्धता समेत भण्डारीले व्यक्त गर्नुभयो ।

तमू ल्होसारको अवसरमा चितवनमा बृहत शुभकामना तथा सांस्कृतिक कार्यक्रम

तमू  ल्होसारको अवसरमा  चितवनमा बृहत शुभकामना तथा सांस्कृतिक कार्यक्रम
अमृता गुरुङ चितवन : तमू ल्होसारको अवसरमा चितवनमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तमू प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनको आयोजनामा भरतपुर ११ नौरङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेँलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरुले गुरुङ संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रश्तुतीहरु प्रश्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री भडेँलले पुर्...

युवा व्यवसायी रेशम गुरुङद्धारा रा.आ.बि.पैरेनिका विद्यार्थीहरुलाई पोसाक वितरण

युवा व्यवसायी रेशम गुरुङद्धारा रा.आ.बि.पैरेनिका विद्यार्थीहरुलाई पोसाक वितरण
चितवन : केटिएम अटो बाईक एण्ड स्कुटी जोन (KTM Auto Bike and Scoty Zone)तिनकुने काठमाडौका प्रोपाइटर रेशम गुरुङले राष्ट्रिय आधारभूत बिद्यालय इच्छाकामना ६ पैरेनिका विद्यार्थीहरुलाई पोसाक सहयोग गर्नुभएको छ । उक्त विद्यालयका भूपु विद्यार्थी समेत रहनुभएका गुरुङले ५६ पिस विद्यालय पोसाक सहयोग गर्नुभएको हो । उहाँका बुबा देबिलाल गुरुङले विद्यालयमै पुगेर पोसाक वितरण गर्नुभएको हो । गुरुङ व्यवसायसगैँ सामाजिक कार्यमा निरन्तर सक्रिय हुनुहुन्छ ।

शङखादेवि मा.वि. मझिमटारमा आइसिटी अङ्ग्रेजी माध्यामबाट पढाई

शङखादेवि मा.वि. मझिमटारमा आइसिटी अङ्ग्रेजी माध्यामबाट पढाई
धादिङ : धादिङको पहिलो आवसिय विद्यालय शङखादेवि मा.वि .मझिमटारमा स्मार्ट बोर्ड टेलिभिजन SMART BOARD, TELEVISION ( ICT )(आइसिटी) अङ्ग्रेजी माध्यामबाट पठन पाठन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय, वागमती प्रदेश हेटौँडा मकवानपुरको आर्थिक सहयोगमा आइसिटी जडान गरिएको हो । । धादिङ जिल्लामै पहिलो पटक शंखादेबीमा.वि.मा टेलिभिजन (आइसिटी) जडान गरिएको हो ।

नेकपा माओवादी केन्द्रको रााष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत हुँदै, काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु

नेकपा  माओवादी केन्द्रको रााष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत हुँदै, काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु
काठमाडौं : महाधिवेशनमा परिणत हुने भनिएको नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । आउँदो मंगलबारसम्म चल्ने महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको हो । यसअघि शनिवार अबेरसम्म बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय पनि पारित गरेको छ । आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय समितिको बैठकले भने यसबारे आधिकारिक निर्णय गर्ने बताइएको छ । बिचारको बहस गर्ने भने...

श्रम रोजगार तथा यातायात मन्त्री दाहालद्वारा १२ योजनाकालागि इच्छाकामनामा १ करोड १० लाख बजेट विनियोजन

श्रम रोजगार तथा यातायात मन्त्री दाहालद्वारा १२ योजनाकालागि  इच्छाकामनामा   १ करोड १० लाख बजेट विनियोजन
कुरिनटार : श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले इच्छाकामनामा १ करोड १० लाख बजेट विनियोजन गर्नुभएको छ । आर्थिक बर्ष २०७८/७९को विभिन्न विकास शिर्षकमा प्रदेश संसद क्षेत्र विकास कोष मार्फत उक्त रकम विनियोजन गर्नुभएको हो । मन्त्री दाहालले विभिन्न १२ योजनाहरु छनौट गरि बजेट विनियोजन गर्नुभएको हो । विनियोजित बजेट तथा कार्यक्रमहरु १,वडा नम्बर ७ ढाडबारी माथिल्लो स्याङ्गदी सडक स्तरोन्नती रु १५ लाख, २,वडा नम्बर ५ माथिल्लो बेसी थाकल डाँडाबाट नयाँ ट्रयाक रु.१० लाख ३,वड...

रिभर फन जिपलाइनको टेस्ट फ्ल्याइङ सफल,९५ प्रतिशत काम सकियो

रिभर फन जिपलाइनको टेस्ट फ्ल्याइङ सफल,९५ प्रतिशत काम सकियो
कुरिनटार : गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा अवस्थित रिभर फन बिच रिसोर्टले निर्माण गर्दै आएको रिभर फन जिपलाइनको टेस्ट फ्लाइङ गरिएको छ । निर्माण कार्य ९५ % सकिएको उक्त जिपलाइनको सफलतापुर्वक टेस्ट फ्लाइङ गरिएको रिभर फनबिच रिर्सोटका प्रबन्धक शंकर अधिकारीले जानकारी दिनुभयो ।आउँदो माघ १ गते माघेसन्क्रान्तीको दिन उद्घाटन गर्ने लक्ष्यका साथ काम तिब्र गतिमा भइरहेको उहाँले बताउनुभयो । २ वटा रोपमा एकै पटकमा दुई जनाले करिब ४० सेकेन्डमा दुरी तय गर्न सकिने उहाँले बताउनुभयो । यसका साथ...