
तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख अतित्थ्यतामा वन्दिपुर गाउपालिका वडा न.५ को तिलाहारमा पौष १२ गते सोमबार विभिन्न पार्टी त्याग गरी ८५ जना यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले साधारण सदस्य दिएर स्वागत गरे । साथै सोही कार्यक्रमको बिच नव प्रवेशी यूवाहरु लाई दुख सुखमा अब नेपाली काङ्ग्रेसले साथ दिने प्रतिबद्धता समेत भण्डारीले व्यक्त गर्नुभयो ।