Banner News

पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
बुटवल,१८ पुस । पाल्पामा मलामी बाकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको खांणल...

अग्रेजी नयाँ वर्ष आजबाट सुरु, नेपालमा पनि मनाइदै

अग्रेजी नयाँ वर्ष आजबाट सुरु, नेपालमा पनि मनाइदै
काठमाडौँ :  ग्रेरगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेरगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताक...

नेपाली टोपी दिवस मनाइँदै

नेपाली टोपी दिवस मनाइँदै
काठमाडौँ : आज नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर विशेष रुपमा मनाइदै छ । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर यो दिव...

मुग्लिन नजिकै मोटरसाईकललाई टाटासुमोले ठक्कर दिदाँ दुई जना गम्भिर घाईते

मुग्लिन नजिकै मोटरसाईकललाई टाटासुमोले ठक्कर दिदाँ दुई  जना गम्भिर घाईते
मुग्लिन, १६ पुस । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा मोटरसाईकललाई टाटासुमोेले ठक्कर दिदाँ दुई जना गम्भिर घाईते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ र ६ को सीमास्थल मा पर्ने तीन नं पुलमा आज साँझ करिब ५ः४० बजेतिर उक्त दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार नारणगढबाट मुग्लिनतर्फ आईरहेको ग १ ज ७१७० टाटा सुमो र मुग्लिनबाट नारयणगढतर्फ गैरहेको प्र ३ ०२ ००७ प ६३३० नं। को मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटना परि २ जना गम्भिर ...

अनुहार हेर्दैमा परिचय खुल्छ र ?

अनुहार हेर्दैमा परिचय खुल्छ र ?
सामान्यन्त : हामी कुनै पनि मानिसको अनुहार हेरेर,भेषभूषा तथा पहिरन नियालेर र बोलीचालिको लवज सुनेर उक्त मानिसको बारेमा धेरै कुरा अड्कल काट्ने गर्छौं । उक्त मानिस हिमाल, पहाड र तराइ कहाँको बासिन्दा हो , कुन जातजातिको हो र उसको उमेर कति हो आदि कुरा हामी उसको सामीप्यमा आएर नजरअन्दाज गर्ने गर्छौं । तर सबैको बारेमा गरिएको अड्कल मिल्दो भने हुँदैन । म स्वयं यसको अपवादमा पर्ने व्यक्ति हुँँ । अर्थात् मेरो नामथर, घरठेगाना र उमेर सम्वन्धमा वास्तविकता अड्कल गरेअनुसार कत्ति पनि मेल खाँदैन ।...

मिनि ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु, दुई जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो

मिनि ट्रक दुर्घटना हुदाँ ३ जनाको मृत्यु, दुई जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो
गोरखा, मिनि ट्रक दुर्घटना हुदाँ गोरखामा ३ जनाको मृत्यु भएको छ। आरुघाटबाट माछिखोला तर्फ जाँदै गरेको बा ५ख ६५६६ नम्बरको को मिनी ट्रक आज विहान ११: ५५ बजे धार्चे गाउँपालिका ५ स्थित माछि खोला बजार नजिक आरुघाट माछिखोला सडकखण्डमा सडक देखि १०० मिटर तल बुढी गण्डकी नदीको किनारमा खसी दुर्घटना हुदाँ धादिङको त्रिपुरासुन्दरी गापा ४ घर का मिनी ट्रकका चालक बर्ष अंन्दाजी २३ को निराजन नेपाल, गोरखाको धार्चे गापा ३ उहिया बस्ने शरणी गुरुङको छोरी बर्ष अंन्दाजी २ कि सपना गुरुङ र हाल सम्म नामथर वतन...

कांग्रेस चितवन सभापतिमा लोकप्रिय सांसद मिलनबाबु श्रेष्ठको उम्मेदवारी घोषणा

कांग्रेस चितवन सभापतिमा लोकप्रिय सांसद मिलनबाबु श्रेष्ठको उम्मेदवारी घोषणा
चितवन : बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले सोमबार कांग्रेस चितवनको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिमा यस अघि नै निर्वाचित भएका मिलनबाबु श्रेष्ठले आज भरतपुर अवस्थित होटल ग्लोबलमा आयोजित कार्यक्रममा कांग्रेस चितवनको जिल्ला सभापतिमा उमेदवारी घोषणा गरेका हुन् । उनले जिल्लामा कांग्रेसको संगठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने उनले दाबी समेत गरे । उनले पार्टीलाई ...

सरकारी मेडिकल स्टोरको क्वाटरमा चारजना मृत फेला, तीन बेहोस

सरकारी मेडिकल स्टोरको क्वाटरमा चारजना मृत फेला, तीन बेहोस
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसासिएर चार जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका ६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ । भट्टराईको सात जनाको परिवार सुतेको थियो । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्य...

आज गुरुङ समुदायले तमू ल्होसार मनाइँदै ,सरकारले सार्वजनिक विदा दियो

आज गुरुङ समुदायले तमू ल्होसार मनाइँदै ,सरकारले सार्वजनिक विदा दियो
काठमाडौं : आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड तमू ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होछार पर्व मनाउँछन । एउटा बर्ग (बर्ष) गएर अर्को बर्ग (बर्ष) आउने भएकाले गुरुङ समुदायले ल्होसारलाई नयाँ बर्षका रुपमा पनि मान्छन । गुरूङ समुदायको बोलीचालीको भाषामा ल्होत्वोवा भनिन्छ । ल्हो (वर्ग) त्वोवा (फर्किनु) अथवा वर्ग फर्किनु पनि भन...

त्रिशुली नदीमा ट्रक खस्यो,चालकको अवस्था अज्ञात

त्रिशुली नदीमा ट्रक खस्यो,चालकको अवस्था अज्ञात
मुग्लिन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित नौ किलोमाबाट त्रिशुली नदीमा ट्रक खसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार ट्रकको अधिकांस भाग पानीमा डुबेको छ । चालकको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई पाँच बजे घटनाको बारेमा जानकारी प्राप्त भएको थियो । अहिले इलाका प्रहरी कार्यालय मुग्लिन र शसस्त्र प्रहरी बल कुरिनटारको टोलीले घटना स्थलमा पुगी वेपत्ता चालकको खोजी कार्य जारी राखेको छ । प्रहरीका अनुसार ट्रक नम्बर र ट्रकमा कती जना ...