कुरिनटार : गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा अवस्थित रिभर फन बिच रिसोर्टले निर्माण गर्दै आएको रिभर फन जिपलाइनको टेस्ट फ्लाइङ गरिएको छ । निर्माण कार्य ९५ % सकिएको उक्त जिपलाइनको सफलतापुर्वक टेस्ट फ्लाइङ गरिएको रिभर फनबिच रिर्सोटका प्रबन्धक शंकर अधिकारीले जानकारी दिनुभयो ।आउँदो माघ १ गते माघेसन्क्रान्तीको दिन उद्घाटन गर्ने लक्ष्यका साथ काम तिब्र गतिमा भइरहेको उहाँले बताउनुभयो । २ वटा रोपमा एकै पटकमा दुई जनाले करिब ४० सेकेन्डमा दुरी तय गर्न सकिने उहाँले बताउनुभयो । यसका साथै स्काई रोप साइक्लिङ,र रिसोर्ट परिसर भित्रै निर्माण भइरहेको एड्भेन्चर किड्स पार्कको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । करिब २ करोडको लागतमा निर्माण भइरहेको हाइवेको छेउमै रहेको यस प्रकारको साहसिक खेलले आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलैसंग आकर्षित पार्न सकिने उहाँको बिश्वास रहेको छ । नदी माथीबाट जिप लाइनमा यात्रा गर्न सकिने यो नै नेपालको सम्भवत पहिलो जिप लाइन भएको उहाँको दाबी रहेको छ
यस संगै कम्पनिले रिसोर्टको क्षमता पनि बिस्तार गरेको छ । २० वटा एसि डिलक्स रुम सञ्चालन गर्दै आएको रिसोर्टले १० वटा एसि डिलक्स रुम थप गरि ३० पु¥याइएको छ ।
५ वटा ग्रुप रूम जसमा एउटा रूममा ८ जना बस्न मिल्ने छ ।
रिर्सोटमा एक रातमा ३५० जना सम्म पाहुना राख्न सकिने र १५० जना क्षमताको सेमिनार हल पनि रहेको छ । सुरुवाती चरण देखि नै ¥याफ्टिङ सञ्चालन गर्दै आएको रिसोर्टले विभिन्न समयमा लाइभ कन्सर्ट लगायत अन्य मनोरञ्जनात्मक कार्यहरु पनि गर्दै आएको छ