
अमृता गुरुङ
चितवन : तमू ल्होसारको अवसरमा चितवनमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
तमू प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनको आयोजनामा भरतपुर ११ नौरङ्गेमा कार्यक्रम सम्पन्न भएको हो ।
वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेँलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरुले गुरुङ संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रश्तुतीहरु प्रश्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री भडेँलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार संस्कृति जोगाउनुपर्ने बताउनुभयो । भाषा धर्म संस्कृति हराए हामी रहनुको कुनै अर्थ नरहने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,‘ हाम्रो पुर्खाले आर्जेको भाषा धर्म संस्कृति रह्यो भने हामी रहेको सार्थकता रहन्छ , हाम्रो परम पुज्यहरुले आर्जेको थिति नै रहेन भने हामी रहनुको कुनै अर्थ रहदैँन ।’ उहाँले चितवनका गुरुङ समुदायले संस्कृति जोगाउन गरिएको प्रयात्नको प्रशंसा गर्नुभयो । उहाँले गुरुङ समुदायको महान पर्व तमू ल्होसारको अवसरमा पुस १५ मा सार्वजनिक विदाका लागि आफुले पहल गर्ने बताउनुभयो। भाषा, धर्म, संस्कार र संंस्कृति बचाउन आफु सधै भरि लागीरहेको र लागी रहने प्रतिवद्धता जनाउँदै उहाँले आज अन्य कार्यक्रम छाडेर यहाँ आएको बताउनुभयो। आफ्नो धर्म संस्कृति बचाउन त्यो वा यो पार्टी नभनी राजनितिबाट माथि उठेर सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्ये ल्हु संघ चितवनका निवर्तमान अध्यक्ष जगत बहादुर गु्रुङले नेपाल संस्कृतिको जिवित संग्राहलय भएको बताउनुभयो । मानव सभ्यताको सुरुवातसगैँ प्राचिन कालदेखी नै मनाउँदै आएको पर्वहरु हराउँदै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । यसको संरक्षण प्रवद्र्धनका लागि तमू प्ये ल्हु संघ लागीपरेको बताउनुभयो। राजनितिक पहुँचमा नहुदाँ राज्यले आदीवासी जनजातीहरुको भषा धर्म संस्कृति जगेर्नामा चासो नदिएको बताउनुभयो ।
कार्यक्रमा तमू प्ये ल्हु संघ चितवनका वरिष्ठ उपाध्यक्ष शान्ती गुरुङले तमू ल्होसारमा दिदैँ आएको सार्वजनिक विदा सरकारले केही बर्षयता कटौती गरेको भन्दै पुनः यसलाई निरन्तरता दिन माग गर्नुभयो । उहाँले भाषा धर्म संस्कृति बचाउन सबै एक भएर लाग्नुपर्ने बताउदैँ पुस १५मा भव्यताका साथ ल्होसार मनाउन गुरुङ समुदायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा धर्म गुरुहरुले गुरुङ समुदायको धार्मिक झाँकी र कलाकारहरुले सांगितिक प्रश्तुती प्रश्तुत गरेका थिए ।
कार्यक्रममा तीन जनालाई सम्मान समेत गरेका थिए । संस्थाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएका निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङ, निवर्तमान सचिव विक्रम गुरुङ र पत्रकार चित्र बहादुर गुरुङलाई सम्मान गरिएको हो ।
गुरुङ समुदायको भाषा, धर्म संस्कृति र परम्परालाई जोगाई राख्न प्ये ल्हू संघ चितवनले गरेका गतिविधिहरुलाई देश तथा विदेशमा समाचार मार्फत पु¥याउन सहयोग गरेको भन्दै इच्छाकामना न्यूज डटकमका कार्यकारी सम्पादक चित्र बहादुर गुरुङलाई सम्मान गरिएको हो ।
तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लाल प्रसाद गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका सचिव नारायण गुरुङले सञ्चालन गर्नुभएको थियो ।