Banner News

नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा २३ हजार ४०९ नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, देशभर पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा चार जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ४७ हजार ९२९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मनकामना मन्दिरमा माघ ७ गते बाट प्रवेशमा रोक। केवलकार चलाउने नचलाउने बारे अन्योल ।

मनकामना मन्दिरमा  माघ ७ गते बाट प्रवेशमा रोक। केवलकार चलाउने नचलाउने बारे अन्योल ।
मनकामना– गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ७ गते शुक्रवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो । कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताउनुभयो । मनकामना क्षेत्र विकास समितिको बैठकले आगामी शुक्रवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले ज...

भोली चितवनको इच्छाकामनाका दुई स्वास्थ्य संस्थामा बुस्टर डोज खोप लगाइने

भोली  चितवनको इच्छाकामनाका   दुई स्वास्थ्य संस्थामा बुस्टर डोज खोप लगाइने
कुरिनटार : चितवनको इच्छाकामनामा पनि माघ ४ गते अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेले कोभिड –१९ विरुद्ध को बुस्टर डोज खोप लगाउन पाउने भएको छ। अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेलाई माघ ४ गते मंगलबार कोभिड –१९ विरुद्धको बुस्टर डोज खोप दारेचोक स्वास्थ्य चौकी र ट्रमा सेन्टर कुरिनटारमा दिइने जनाइएको छ। सुचना अनुसार कोभिड –१९ विरुद्ध २०७७ माघ १४ गते देखि चैत मसान्तसम्ममा पहिलो मात्रा लगाएर ६ महिना अगाडि दोस्रो मात्रा पुरा गरिसकेका स्वास्थ्य संस्थामा काम...

प्रदेश २ को नाम मधेश प्रदेश, राजधानी जनकपुर

प्रदेश २ को नाम मधेश प्रदेश, राजधानी जनकपुर
काठमाडौं : प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखिएको छ। सोमबार भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए। जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो। यसअघि सोमबारै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। प्रदेशसभा सदस्यहरु शैलेन्द्र कुमार यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश राख्न भनि गरेको प्रस्तावमा मतदान भएको हो। प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरू ...

इच्छाकामनाका ३ सहित चितवनमा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामनाका ३ सहित चितवनमा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा थप २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ७४१ पिसिआर र ९५ जना गरि ८३६ जनामा गरिएको परिक्षणमा २५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार संक्रमित मध्ये सबै भन्दा धेरै १८८जना भरतपुर महानगरपालिका भित्रका रहेका छन । खैरहनी नगरपालिकामा ८,माडीमा ३,रत्ननगरमा ३३,राप्तीमा ११,कालिकामा ५ र ईछाकामनामा ४ जना थपिएका हुन् । संक्रमित मध्ये ८६७ होमआइसोलेसन र २६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्याल...

निवन्ध लेखन प्रतियोगितामा प्रेस यूनियन चितवनका उपाध्यक्ष  पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम

निवन्ध लेखन प्रतियोगितामा प्रेस यूनियन चितवनका उपाध्यक्ष  पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम
चितवन, ३ माघ । नेपाल पत्रकार महासंघ चितवन शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रेस यूनियन चितवनका उपाध्यक्ष पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम भएका छन् । `नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था´ बिषयक निवन्ध लेखन प्रतियोगितामा अधिकारी पहिलो, पत्रकार रामशरण गैरे दोस्रो र सुनिल पराजुली तेस्रो भएका हुन् । महासंघ चितवन शाखाका सचिव एवं प्रतियोगिताका संयोजक दीपेन्द्र अधिकारीले बिज्ञप्ति निकालेर नतिजा सार्वजनिक गरेका हुन् । ...

वाइसियल नेपाल देवघाटको आयोजनामा बृहत सरसफाई

वाइसियल नेपाल देवघाटको  आयोजनामा बृहत सरसफाई
आशिक राना, देवघाट,२ माघ । योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल देवघाटको अयोजनामा पवित्र धार्मिक स्थल देवघाटधाम र वरपर बृहत सरसफाई गरिएकोे छ । आइतबार तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पवित्र धाम देवघाटको पुरानो झोलुङ्गे पुलको मुख देखी हरिहर मार्ग,गलेश्वर मार्ग हुँदै बेनी संगम र नदीको किनार वरिपरि बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । सो सरसफाई कार्यक्रममा देवघाट गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष भुवनसिङ्ग गुरुङले नेपालकै एक...

पुष्प प्रधानले गित ल्याए ‘ आज म नै एक्लो भए ’

पुष्प प्रधानले गित ल्याए ‘ आज म नै एक्लो भए ’
चितवन : वर्षौसम्म नछुटिने वाचा गरेका प्रेमी र प्रेमिकाको सपना हुन्छ । क्षणिक सपनाले क्षणभरमै पानीको फोका जस्तै फुट्छ । टुटेको प्रेमको पिडालाइृ कलाकार पुष्पलाल प्रधानले गित बनाएका छन् । पानीको फोका जस्तै सपना फुटेपछि हुने पिडालाइृ शब्द मार्फत पोखेका छन् । नारायणगण्का कलाकार प्रधानले अधिकांशको जीवनको भोगाईलाई गित बनाएका हुन् । प्रेमिकाको स्वार्थीपनले विछोडिएको प्रेमलाई प्रधानले गितमा उतारेका हुन् । किशोरावस्थामा अधिकांशले भोगेको भावलाई उनले गित बनाएका हुन् । गितमार्फत उनले ...

अनुगमनको विरोधमा चितवनका किराना पसल दुई दिन बन्द हुने

अनुगमनको विरोधमा चितवनका किराना पसल दुई दिन बन्द हुने
चितवन : जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको विरोधमा किराना व्यवसायीहरु आन्दोलित बनेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनको नाममा आफूखुसी व्यवसायीमाथि अधिकतम तीन लाखसम्म जरिवाना लगाएको भन्दै माघ २ र ३ गते चितवनका सम्पूर्ण किराना व्यवसाय बन्द गर्ने निर्णय गरेका संघका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । संघले शनिबार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयका प्रतिनिधिले अनुगमनको क्रममा व्यवसायीमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्दै तत्कालको तत्कालै जरिवा...

एकै परिवारका चार जना घरभित्र मृत अवस्थामा भेटए

एकै परिवारका  चार जना घरभित्र मृत अवस्थामा भेटए
सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिए...