Banner News

दोश्रो इच्छाकामना डबल ब्याडमिन्टन प्रतियोगितामा मुग्लिङ्ग ब्याडमिन्टन टिम प्रथम

दोश्रो इच्छाकामना डबल ब्याडमिन्टन प्रतियोगितामा  मुग्लिङ्ग ब्याडमिन्टन टिम प्रथम
मुग्लिङ्ग : दोश्रो इच्छाकामना डबल ब्याडमिन्टन प्रतियोगितामा मुग्लिङ्ग टिमले प्रथम स्थान हासिल गरेका छन् । फाईनलमा इच्छाकामना स्वास्थ्य टिमलाई पराजित गर्दै आयोजक मुग्लिङ्ग टिमका झलक गुरुङ र निर्मल मगर प्रथम भएका हुन् । इच्छाकामना स्वास्थ्य टिमका सुरज गुरुङ र सम्पूर्ण श्रेष्ठ दोश्रो भए । प्रथम हुने मुग्लिङ्ग ब्याडमिन्टन टिमले नगद रु. २०,००० सहित शिल्ड मेडल र प्रमाणपत्र तथा द्वितिय हुने इच्छाकामना स्वास्थ्य टिमले नगद रु. १०,००० हजार, शिल्ड, मेडल र प्रमाण प्राप्त गरे । प्रति...

आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै
काठमाडौं,१ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० संक्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर...

बन्दीपुर जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

बन्दीपुर जिप दुर्घटना अपडेट :  मृतकको संख्या ६ पुग्यो
तनहुँ : बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। ग १ ज ६५५५ नम्बरको जिप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनह...

इच्छाकामना गोरखा समाज गठन, संयोजकमा बामदेब देवकोटा चयन

इच्छाकामना गोरखा समाज गठन, संयोजकमा बामदेब देवकोटा चयन
मुग्लिन : चितवनको इच्छाकामनामा गोरखा समाज गठन गरिएको छ । गोरखाबाट चितवनमा आई बसोबास गर्नेहरुको भेलाले आज बामदेब देबकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । अन्तराष्ट्रिय ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारी र बिनोद बग्दासको नेतृत्वमा सम्पन्न भेलाले समिति गठन गरिएको हो । भेलाले सदस्य सचिवमा दिपा परियार ,सदस्यहरुमा, बिनोद बाग्दास, बिष्णु अर्याल , कल्याण गुभाजु, राकेश थापा, र कमल नारायण श्रेष्ठलाई चयन गरिएको छ। सो भेलाले अब छिट्टै इच्छाकामना स्तरीय कमिटी गठन...

त्रिशुली नदीमा स्कार्पियो खस्यो, ७ जना घाइते

त्रिशुली नदीमा स्कार्पियो   खस्यो, ७ जना घाइते
मुग्लिन : नारायणगढ –मुग्लिन सडकखण्डमा स्कार्पियो दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । आज साँझ ६बजे नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कार्पियो चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलनजिकैबाट ४० मिटर तल त्रिशूली नदीमा खसेको हो । उनीहरुको घटनास्थलबाट उद्धार गरि अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कार्पियोमा चालकसहित ७ जना सवार थिए । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा इच्छाकामनामा ३ सहित चितवनमा १४६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  इच्छाकामनामा  ३ सहित  चितवनमा  १४६ जनामा कोरोना संक्रमण पुष्टि
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा थप १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४७० जनाको पिसीआर र ५६ जनाको एन्टिजेन परिक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका अनुसार संक्रमित मध्ये सबै भन्दा धेरै ११७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन । खैरहनी नगरपालिकामा ७,माडीमा ३,रत्ननगरमा ६,राप्तीमा २,कालिकामा १ र ईछाकामनामा ३ जना थपिएका हुन् । चितवनमा सक्रिय संक्रमितको संख्या ४७० पुगेको छ । संक्रमित मध्ये ४...

फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी

फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी
फिस्लिङ : चितवनको इच्छाकामना ३ फिस्लिङमा अवस्थित फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी चयन हुनुभएको छ । बिहिबार सम्पन्न आठौँ साधारण सभाले अधिकारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । साधारण सभाले उपाध्यक्षमा सरिता गुरुङ, सचिवमा लक्ष्मण श्रेष्ठ,कोषाध्यक्षमा पुष्पकुमार गुरुङ र सहसचिवमा कञ्चन गुरुङ चयन भएका छन् । सदस्यहरुमा रण बहादुर बुढाथोकी,विनोद श्रेष्ठ,गगन गुरुङ र मिन माया गुरुङ रहेका छन् । अध्यक्ष बाहेक अन्य पदाधिकारीमा विवाद भएप...

इच्छाकामनामा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन

इच्छाकामनामा  शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन
कुनिटार : चितवनको इच्छाकामनामा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन सुरु गरिएको छ । गाउँपालिकाको आयोजनामा कक्षा सञ्चालन सुरु गरिएको हो । यस गाउँपालिकाभित्र बसोबास गर्ने शिक्षक सेवा आयोगको आधारभूत तहमा (प्राथमिक र निम्न माध्यमिक) प्रतिष्पर्धा गर्ने उम्मेद्वारहरुका लागि उक्त तहको प्रथम पत्रको तयारी कक्षाको सञ्चालन गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले शिक्षक सेवा आयोग तयारी कक्षा तथा अभिमुखिकरण तालिमको एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । यस गाउँपालिकाभित्रक...

मौसम : केही प्रदेशमा मौसम बदली‚ केहीमा सफा रहने

मौसम : केही प्रदेशमा मौसम बदली‚ केहीमा सफा रहने
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मौसम बदली हुनेछ। प्रदेश १ का पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार बिहान प्रदेश २ र बाँकी प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ अन्य भू–भागमा भने मौसम सामा...

कावा वडाध्यक्ष मुक्तिनाथ सिलवाल र व्यवसायी ऋषिराम सिलवालद्वारा विद्यालयलाई जग्गा दान

कावा वडाध्यक्ष  मुक्तिनाथ सिलवाल   र  व्यवसायी ऋषिराम सिलवालद्वारा  विद्यालयलाई जग्गा  दान
कुरिनटार : सर्वशान्ति मावि कुरिनटारका लागि दुई जनाले जग्गा दान गरेका छन् । चितवनको इच्छाकामना ४ का कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवाल र व्यवसायी स्थानीय समाजसेवी ऋषिराम सिलवालले जग्गा दान गर्नुभएको हो । मुक्तिनाथ सिलवालले १० धुर र ऋषिराम सिलवालले साढे ६ धुर जग्गा दान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सिलवालले जानकारी दिनुभयो । विद्यालय हाताभित्र रहेको उहाँहरुको जग्गा विद्यालयले उपभोग गर्दै आएका थिए । बिहिबार विद्यालयको नाममा जग्गा पास गरिएको हो ।