
काठमाडौं : प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखिएको छ। सोमबार भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए। जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो।
यसअघि सोमबारै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। प्रदेशसभा सदस्यहरु शैलेन्द्र कुमार यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश राख्न भनि गरेको प्रस्तावमा मतदान भएको हो।
प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरू प्रस्ताव गरेको थियो। जसमा ‘मधेस’ नाममा नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सहमत थिए।
उनीहरुको प्रस्तावमै समितिले नाम प्रस्ताव गरेको हो ।
नेकपा एमाले र नेकपा एकीकृत समाजवादी प्रदेश २ को नाम जानकी राख्नुपर्छ भन्ने पक्षमा थिए भने नेपाली कांग्रेसले प्रदेशको मिथिला–भोजपुरा राख्नुपर्छ भन्दै आएको थियो।
तर गोप्य मतदानमा भने दुई तिहाई बढीले मतदान गरेपछि २ नम्बर प्रदेशको नाम मधेश प्रदेश पास भएको हो। सभामुख सरोजकुमार यादवले मधेश नाममै दुई तिहाइ मत परेपछि नामांकन सम्बन्धी अरु प्रस्ताव स्वतस् निश्कृय भएको बताए।