Banner News

कोरोनाबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित

कोरोनाबाट पछिल्लो २४ घण्टामा  १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।२० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआरबाट ८२१२ र एन्टिजेन परिक्षण गर्दा २०४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु पनि भएको छ ।यस्तै, ७०८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका ...

भरतपुर अस्पतालमा विरामी कुरुवालाई पास अनिवार्य

भरतपुर अस्पतालमा विरामी  कुरुवालाई पास अनिवार्य
चितवन : कोरोना संक्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो। अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि संक्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो। अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस...

नेपालभर ईन्टरनेट स्लो हुने समस्या। मर्मतका लागि अझ हप्तौं लाग्ने।

नेपालभर ईन्टरनेट स्लो हुने समस्या। मर्मतका लागि अझ हप्तौं लाग्ने।
- केही दिन यता इन्टरनेट सुस्त भएको धेरै उपभोक्ताको गुनासो छ । देशभरका सबै ईन्टरनेट पहिलेको भन्दा स्लो भएको कारण सबै सेवा प्रदायकले उपभोक्ताको गुनासो खेप्न परिरहेको छ। अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने केबलमा समस्या देखिएका कारण नेपालमा पनि इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुले जनाएका छन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विज्ञप्ति जारी गर्दे विश्वभर इन्टरनेट सेवा प्रवाहको लागि समुद्रम...

पछिल्लो २४ घण्टामा इच्छाकामनाका ६ सहित चितवनमा थपिए ४८८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा इच्छाकामनाका ६ सहित चितवनमा थपिए ४८८ कोरोना संक्रमित
चितवन : चितवनमा ४८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनकाअनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ४८८ जना संक्रमित थपिएका हुन् ।८९४ जनामा परीक्षण गर्दा ४८८ जनामा संक्रमण भेटिएको हो । कार्यालयका अनुसार भरतपुर महानगारपालिकामा ३७४,खैरहनी नगरपालिकामा ११,माडीमा २०,रत्ननगरमा ५४,राप्तमिा १८, कालिकामा ५ र इच्छाकामनामा ६ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भने भएको छैन । एक जना मात्रै संक्रमित संक्रमणमुक्त भएका छन् । यसं...

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
चितवन : गएराती देखी पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। सडक शुक्रबार बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहीबार राति साढे २ बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। कालीखोलामा सुक्खा पहिरो स् नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध नारायणगढ– मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार रातिदेखि नै पहिरो पन्छाउने काम थालिएको थियो। तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थिय...

कालिखोलामा सुख्खा पहिरो : नारायणगढ –मुग्लिन सडक अवरुद्ध

कालिखोलामा सुख्खा पहिरो :  नारायणगढ –मुग्लिन सडक अवरुद्ध
चितवन : नारायणगढ –मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुबैतर्फ सडक अवरुद्ध भएको छ । शुक्रबार राती ईच्छाकामना गाउपालिका ६ स्थित कालिखोलामा माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएको छ । सडक खुलाउन केहि समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । राति साढे २ देखि सडक अवरूद्व हुदां सो सडक भएर यात्रा गर्ने सवारीको ठुलै लाईन सहजै देख्न सकिन्छ ।

यातायात सम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन मन्त्री दाहालको निर्देशन

यातायात सम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन  मन्त्री दाहालको निर्देशन
चितवन,६ माघ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री माननीय घनश्याम दाहालले यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिनुभएको छ । “यातायातसम्बन्धी कामलाई कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउनु उहाँले भन्नुभयो, जनताले दुख पाए हामी आएको काम हुदैन् ।” बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमको भर्चुअल माध्यमबाट निर्देशन दिदै मन्त्री दाहालले यातायात सेवामा वागम...

स्थानीय तह निर्वाचन बैशाखमै गर्न आयोगको प्रस्ताव, १४ बैशाखमा नसके २२ बैशाखमा

स्थानीय तह निर्वाचन बैशाखमै गर्न आयोगको प्रस्ताव, १४ बैशाखमा नसके २२ बैशाखमा
काठमाडौं : निर्वाचन आयोगले आगामी बैशाखमै स्थानीय तहका निर्वाचन गर्न सरकारलाई स्झाव दिने भएको छ । आयोगले बैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानीय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानिय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको मिति प्रस्ताव गर्ने तयारी गरेको हो । गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशा...

पेट्रोलियम पदार्थ मुल्य बढ्यो

पेट्रोलियम पदार्थ मुल्य बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ । माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा म...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम :   केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं,६ माघ । आज सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात समेत हुनेछ । हाल देशमा पश्चिमी वायु तथा उत्तर बंग्लादेश तथा यसको आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। त्यस्तै, बिहीवार राती सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली...