
चितवन : नारायणगढ –मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुबैतर्फ सडक अवरुद्ध भएको छ । शुक्रबार राती ईच्छाकामना गाउपालिका ६ स्थित कालिखोलामा माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएको छ । सडक खुलाउन केहि समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । राति साढे २ देखि सडक अवरूद्व हुदां सो सडक भएर यात्रा गर्ने सवारीको ठुलै लाईन सहजै देख्न सकिन्छ ।