
चितवन : गएराती देखी पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। सडक शुक्रबार बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको हो।
इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहीबार राति साढे २ बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
कालीखोलामा सुक्खा पहिरो स् नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ– मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार रातिदेखि नै पहिरो पन्छाउने काम थालिएको थियो। तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो।
सडकको ३० मिटर भाग पहिरोले ढाकेको उनले जानकारी दिए। झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको आचार्यले बताए। सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ।