उवासंघ चितवनको उपाध्यक्षमा राजेन्द्र ओली र शिरिष पन्त निर्वाचित
चितवन : उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । २५ सदस्यीय नयाँ कार्यसमितिमा १३ जना सर्वसम्मत र १२ जना मतदानबाट निर्वाचित भएका छन् नवनिर्वाचित कार्यसमितिलाई भोलि बुधबार पदहस्तान्तरण कार्यक्रम हुने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दिउसो ३ बजे संघको सभाहलमा पदस्थापन कार्यक्रम हुनेछ । नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठ इतर समूहका ६ जना निर्वाचित भएका छन् । १९ जना सबै चुननारायण श्रेष्ठ समूहकै निर्वार्चित भ...









