चितवन : नेकपा माओवादी केन्द्रका सहायक संगठ योङ्ग कम्यूनिष्ट लिग (वाइसियल ) नेपाल इच्छाकामना १ को अध्यक्षमा धन बहादुर प्रजा चयन हुनुभएको छ ।
आज सम्पन्न भेलाले धन बहादुर प्रजाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको वाइसियल नेपाल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो । भेलाले उपाध्यक्षमा सुरेश चेपाङ,सचिवमा गम बहादुर चेपाङ,सह–सचिवमा गोपाल चेपाङ र कोषाध्यक्षमा इम माया गुरुङलाई चयन गरिएको छ ।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र वागमती प्रदेश सदस्य प्रताप गुरुङ, सावित्री सिलवाल,बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवाल लगायतको उपस्थितिमा भेला सम्पन्न भएको वायसियल इच्छाकामनाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।