चितवन : उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । २५ सदस्यीय नयाँ कार्यसमितिमा १३ जना सर्वसम्मत र १२ जना मतदानबाट निर्वाचित भएका छन् नवनिर्वाचित कार्यसमितिलाई भोलि बुधबार पदहस्तान्तरण कार्यक्रम हुने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दिउसो ३ बजे संघको सभाहलमा पदस्थापन कार्यक्रम हुनेछ । नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठ इतर समूहका ६ जना निर्वाचित भएका छन् । १९ जना सबै चुननारायण श्रेष्ठ समूहकै निर्वार्चित भएका छन् ।
यसपाली समूहगत प्यानल नभएपनि निर्विरोध अध्यक्ष बन्नुभएका श्रेष्ठ कर्पोरेट उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, ६ जना वाणिज्य सदस्यको पक्षमा पत्रकार सम्मेलननै गरेर खुल्नुभएको थियो । तर, उहाँको समूहमा निर्विरोध कार्यसमितिमा १३ जना समावेश हुनुहुन्थ्यो । तर, २ उपाध्यक्ष चुननारायण श्रेष्ठ इतर समूहबाट निर्वाचित हुनुभएको छ ।
कर्पोरेट उपाध्यक्षमा सिरिष पन्त विजयी हुनुभएको छ । उहाँले शंकर नेपाललाई ४४ मतान्तरले जित्नुभएको हो । सिरिष पन्त २ कार्याकाल काम गरिसक्नुभएको छ । यस्तै कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी हुनुभएको छ । उहाँले भोजराज कौडाललाई ८९ मतान्तरले जित्नुभएको छ । ओली ५ कार्याकाल निर्वाचित सदस्यका रुपमा काम गरिसक्नुभएको थियो ।