
कुरिनटार : चितवनको इच्छाकामना ६ कालिखोलाका रेशम गुरुङ कांग्रेसमै फर्किएका छन् । हिजो मात्र माओवादी केन्द्रमा प्रवेश गरेका गुरुङ २४ घण्टा नबित्दै आज कांग्रेसमै फर्किएका हुन् ।
आज गाउँपालिका अध्यक्ष समेत रहनुभएका कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, इच्छाकामनाका पूर्व संयोजक विष्णु कुँवर,नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ क का क्षेत्रिय सचिव कुम बहादुर गुरुङ इच्छाकामनाका सचिव तूल बहादुर गुरुङ, युवा नेता विराज गुरुङ,वडा नम्बर ५ का सभापति राजेन्द्र त्रिपाठी लगायतको उपस्थितिमा उनी कांग्रेसमै फर्किएका हुन् ।
उनले आफु माअोवादी केन्द्रमा प्रवेश गरेको नभई कार्यक्रममा झुक्याएर माला र टिका लगाई फोटो खिचाएको आरोप लागएका छन् ।
रेशम गुरुङ नेपाली कांग्रेसका पुराना कार्यकर्ता हुन् ।