Banner News

नेकपा माओवादी केन्द्र इच्छाकामनाबाट अध्यक्षमा दुई र उपाध्यक्षमा तीन जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्र इच्छाकामनाबाट अध्यक्षमा दुई र उपाध्यक्षमा तीन जनाको नाम सिफारिस
कुरिनटार :  बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेद्वार आकांक्षी मध्य इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दुई र उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ। आज कुरिनटारमा बसेको गाउँकमिटि बैठकले उनीहरुको नाम सिफारिस गरेको हो। अध्यक्षमा प्रदेश कमिटी सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ ‘मौसम’ र जिल्ला समन्वय समिति सदस्य तथा वडा नं. ७ को इन्चार्ज ढलक राना मगरको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनएको छ । यस्तै उपाध्यक्षमा सावित्रा सिलवाल, सम्...

नेकपा माओवादी केन्द्रबाट इच्छाकामना ५को वडाध्यक्षका लागि चार जनाको दाबी

नेकपा माओवादी केन्द्रबाट इच्छाकामना ५को वडाध्यक्षका लागि चार जनाको दाबी
मुग्लिन : आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना ५ को वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट चार जनाले दाबी गरेका गरेका छन् । रामप्रसाद बोहोरा, अप्सरा पौडेल, लाल बहादुर विक र झलक गुरुङले दाबी गरेका हुन् ।

माओवादी केन्द्रबाट गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिनाको नाम सिफारिस

माओवादी केन्द्रबाट गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिनाको नाम सिफारिस
गोरखा :  बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् । आज बसेको माओवादी केन्द्रको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरिएको हो ।

माओवादी केन्द्रबाट गण्डकी गाउँपालिका ४ को वडाध्यक्ष उम्मेद्वारका लागि राम कार्की सिफारिस

माओवादी केन्द्रबाट गण्डकी गाउँपालिका ४ को वडाध्यक्ष उम्मेद्वारका लागि  राम कार्की सिफारिस
गोरखा,३ बैशाख । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि गोरखाको गण्डकी गाउँ पालिका ४को वडाध्यक्ष उम्म्मेद्वारका लागि नेकपा माओवादी केन्द्रले राम कार्कीको नाम सिफारिस गरिएको छ । आज बसेको बैठकले कार्कीको नाम सर्वसम्मतीले सिफारिस गरिएको हो । यसैबिच सदस्यहरुमा डम्बर बहादुर गुरुङ, चिरञ्जीवी ढकाल,शम्भु प्रसाद देवकोटा,महिला सदस्यमा सीत पन्त र महिला दलित सदस्यमा लक्ष्मी वागदासलाई सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको जनाएको छ ।

माओवादी केन्द्रबाट इच्छाकामना ७ को वडाध्यक्ष उम्मेद्वारमा राजकुमार राना मगरको नाम सिफारिस

माओवादी केन्द्रबाट इच्छाकामना ७ को वडाध्यक्ष उम्मेद्वारमा राजकुमार राना मगरको नाम सिफारिस
चितवन : आसन्न स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले इच्छाकामना ७ को वडाध्यक्षको उम्मेद्वारमा राजकुमार राना मगरलाई चयन गरेको छ । शनिबार बसेको वडा कमिटीको बैठकले मगरलाई सर्वसम्मत सिफारिस गरिएको हो । यसैबिच वडा सदस्यहरुमा सागर चेपाङ,ऋषिराम विक र महिला दलित सदस्यमा शर्मिला विकलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।

पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौं : मौसम पुर्वानुमान मशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। ...

चुम्लिङ्गटारमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते

चुम्लिङ्गटारमा  मोटरसाइकल दुर्घटना हुदाँ  दुई  जना  घाइते
इच्छाकामना : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । मुग्लिन तर्फबाट काठमाडौँ तर्फ जादैँ गरेको बागमती प्रदेश ०२–००७ / १९११ नम्बरको मोटरसाइकल आज साँझ अनियन्त्रित भइ पल्टिदाँ वाइक चालक पुरुष र पछाडी सवार महिला घाइते भएका हुन् । उनिहरुलाई स्थानियले उद्धार गरि गाउँपालिकाको एम्बुलेन्समा भरतपुर पठाइएको स्थानियले जनाएको छ । घाइतेहरुको परिचय खुलेको छैन ।

चितवनमा गठबन्धन दलहहरुद्वारा १० सदस्यीय नया कार्यदल गठन

चितवनमा  गठबन्धन दलहहरुद्वारा  १० सदस्यीय नया कार्यदल गठन
आशिष अधिकारी भरतपुर : आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धमा जिल्ला स्थित गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय सयन्त्रको बैठकले १० सदस्यीय नया कार्यदल गठन गरेको छ । शुक्रबार नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यलय कमलनगरमा बसेको सयन्त्रको बैठकले हरेक दलबाट २/२ जना रहने गरि १० जनाको कार्यदल गठन गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न बैठकले आज गठन भएको कार्यदलले भोलि दिउँसो १२ बजे सम्...

स्थानिय तहको निर्वाचनमा तालमेलको कुरा चलेको छैन : लिङ्देन

स्थानिय तहको निर्वाचनमा तालमेलको कुरा चलेको छैन :  लिङ्देन
चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए । उनले भने...

अमेरिकाले दिने करिब ८० अर्बको अनुदान लिने सरकारको निर्णय

अमेरिकाले दिने करिब ८० अर्बको अनुदान लिने सरकारको निर्णय
काठमाडौँ : विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । ...