कुरिनटार :  बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेद्वार आकांक्षी मध्य इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दुई र उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ। आज कुरिनटारमा बसेको गाउँकमिटि बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।
अध्यक्षमा प्रदेश कमिटी सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ ‘मौसम’ र जिल्ला समन्वय समिति सदस्य तथा वडा नं. ७ को इन्चार्ज ढलक राना मगरको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनएको छ ।
यस्तै उपाध्यक्षमा सावित्रा सिलवाल, सम्झना खड्का सिलवाल र पूजा सिटौला रहेका छन्। जसमा सावित्रा सिलवाल हाल पार्टीको प्रदेश कमिटि सदस्य हुन् ।
यसैगरी सम्झना खड्का सिलवाल १३–१४ वर्षको सानै उमेरमा तात्कालिन माओवादी जनयुद्धमा हिडेका पूर्व जनमूक्ति सेना हुन्। जनयुद्धमा घाइते समेत भएकी सिलवाल सेना समायोजनमा नगई स्वेच्छिक अवकास लिई पार्टीको राजनितिमा होमीएकी हुन् । हाल उनी पार्टीको इच्छाकामना गाउँकमिटि उपाध्यक्ष हुन् र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष समेत हुन्।
विद्यार्थीकाल देखिनै राजनितिमा सक्रिय सिटौला हाल माओवादी केन्द्र इच्छाकामना गाउँकमिटिको सचिवालय सदस्य हुन्।