चितवन : आसन्न स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले इच्छाकामना ७ को वडाध्यक्षको उम्मेद्वारमा राजकुमार राना मगरलाई चयन गरेको छ । शनिबार बसेको वडा कमिटीको बैठकले मगरलाई सर्वसम्मत सिफारिस गरिएको हो । यसैबिच वडा सदस्यहरुमा सागर चेपाङ,ऋषिराम विक र महिला दलित सदस्यमा शर्मिला विकलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।