Banner News

नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाको दाबी

नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाको दाबी
कुरिनटार : आसन्न्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बन्न चाहने आकांक्षीहरुले आफ्नो दावी प्रस्तुत गरेको छ। पार्टीबाट उम्मेद्वार हुन चाहनेहरुलाई उम्मेद्वारी दिन गरिएको आह्वानमा बुधबार अध्यक्षमा ४ जना र उपाध्यक्षमा ३ जनाले दाबी प्रस्तुत गरेको हो। अध्यक्षमा चितवनको एकमात्र स्थानीय तह जितेर नेपाली काँग्रेस साख जोगाएका हालको गाउँपालिका अध्यक्ष एवं पार्टी महासमिति सदस्य गीताकुमारी गुरुङ, गाउँपालिकाको हालको उपाध्यक्ष एवं पार्...

इच्छाकामना गाउँपालिका अध्यक्षको उम्मेद्वारका लागि कांग्रेसबाट बासुदेव सिलवालको दाबी पेस

इच्छाकामना गाउँपालिका  अध्यक्षको उम्मेद्वारका लागि  कांग्रेसबाट बासुदेव सिलवालको दाबी पेस
कुुरिनटार,१ बैशाख । आसन्न स्थानिय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षको उम्मेद्वारका लागि कुरिनटार निवासी बासुदेव सिलवालले दाबी पेस गर्नुभएको छ । बुधबारको बैठकमा उहाँले दाबी पेस गर्नुभएको हो । कांग्रेसका पुराना सैद्धान्तिक, वैचारिक र स्पष्ट वक्ताको रुपमा परिचित सिलवाल पुर्व महासमिति सदस्य तथा हाल क्षेत्रिय प्रतिनिधि हुनुहुन्छ । विभिन्न सामाजिक कार्यमा संलग्न सिलवाल सर्ब शान्ति माविका अध्यक्ष समेत हुनुहुन...

पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिर इच्छाकामना २ मायाटारमा विविध सांस्कृति कार्यक्रम सहित मेला लाग्ने

पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिर इच्छाकामना २ मायाटारमा विविध सांस्कृति कार्यक्रम सहित मेला लाग्ने
इच्छाकामना : चितवनको इच्छाकामना २ मायाटार पन्थचुलिमा रहेको पाथीभरा सिंहदेवी र बाल गौरी मन्दिरको प्रांगणमा यस बर्ष पनि विविध सांस्कृति कार्यक्रम सहित मेला लाग्ने भएको छ ।चितवनको साविकको (काउले गाविस) वडा न ८ हाल इच्छाकामना गाउँपालिका वडा न. २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बैशाख २ र ३ गते विशेष पुजाआजा सहित विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो । मेला बैशाख २ गते साँझ देखि ३ गते सम्म दुई दिन लाग्ने मन्दिर संरक्षण समितिले जन...

नेकपा एमालेका तर्फबाट इच्छाकामना ४ को वडाध्यक्ष उम्मेद्वारमा उप्रेतीको नाम सिफारिस

नेकपा एमालेका  तर्फबाट   इच्छाकामना  ४ को वडाध्यक्ष उम्मेद्वारमा उप्रेतीको  नाम  सिफारिस
चितवन ः बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले इच्छाकामना ४ को वडाध्यक्ष उम्मेद्वारका लागि रुद्र उप्रतीको नामा सिफारिस गरिएको छ । वडा कमिटीको बैठकले उप्रेतीको नाम सर्वसम्मतीले सिफारिस गरेको नेकपा एमालेले जनाएको छ ।

एमाले-राप्रपा नेपालबीच गठबन्धन

एमाले-राप्रपा नेपालबीच गठबन्धन
काठमाडाैँ : नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । दुई दलबीच बुधबार दिउँसाे ५ बुँदे सहमतिका साथ गठबन्धन गर्ने निर्णय भएकाे हाे । सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

इच्छाकामनाको चुमखोलामा रिभर फन क्याफे सञ्चालन, त्रिशूली नदीको अवलोकन गर्दै परिकारहरुको स्वाद लिन पाइने

इच्छाकामनाको चुमखोलामा रिभर फन क्याफे सञ्चालन, त्रिशूली नदीको अवलोकन गर्दै परिकारहरुको स्वाद लिन पाइने
चितवन : संघिय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्गमा पर्यटकहरुका लागि रिभर फन क्याफे सञ्चालनमा ल्याएको छ ।चितवनको इच्छाकामना ३ चुमखोलामा क्याफे सञ्चालनमा ल्याइएको हो । काठमाडौँ पोखरा नारायणगढबाट सेन्टरमा पर्ने हाइवेको यात्रामा रहेका यात्रुहरुलाई लक्षित गरि विदेशी तथा स्वदेशी खानाका पारखीहरुलाई मध्यनजर गर्दै क्याफे सञ्चालनमा ल्याएको म्यानेजिङ डाइरेक्टर शंकर अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार यस क्याफेमा नेपाली, चाइनिज, इटालियन,इण्डियन थाई खानाहरु पाइन...

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार छनौट गर्न सात आधारहरु तय

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार छनौट गर्न सात आधारहरु तय
काठमाडौँ : आागमी बैशाख ३० गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ। गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको हो । सोही आधारमा रहेर आगामी वैशाख ५ गतेसम्म उम्मेदवारको सूची पठाउन पनि उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको बैठकले पाँचदलीय गठबन्धनबीच सीट बाँडफाँट गर्ने सहमति गरेको छ। महानगर र उपमहानगरक...

आज अधिकांश भू-भागमा आंशिक बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना

आज  अधिकांश भू-भागमा आंशिक बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं : मौसम पुर्वानुमान महाशाखका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भ–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै बिहीबार देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँ...

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ
चितवन : तमु ह्युल छाेंज धी गुरुङ राष्ट्रिय परिषद्को अध्यक्षमा कर्णबहादुर गुरुङ चयन हुनुभएको छ । चितवनमा मङ्गलबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट चितवनका गुरुङ केन्द्रीय अध्यक्ष बन्नुभएको हो । महाधिवेशनले ७८ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा काठमाण्डाँैका आरवि गुरुङ,उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर गुरुङ, ओखलढुङ्गाका टेकबहादुर गुरुङ, गोर्खाका नरबहादुर गुरुङ, तनहुँका धनमान गुरुङ, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण गुरुङ, महिला उपाध्यक्ष...

नेपाली कांग्रेस भरतपुरका २९ वटै वडाका सभापतिहरु भन्छन् : हामी गठबन्धन मान्दैनौँ

नेपाली कांग्रेस भरतपुरका   २९ वटै वडाका  सभापतिहरु भन्छन् :  हामी गठबन्धन मान्दैनौँ
चितवन : भरतपुर महानगरपालिकाको २९ वटै वडाका काँग्रेस सभापतिहरुले आफुलाई गठवन्धनको बिपक्षमा उभ्याएका छन । केन्द्रले पुनः माओबादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरुले यो निर्णय गरेका हुन । बैठक काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलवार बसेको हो । बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहाना पनि वडा सभापतिहरुको निर...