गोरखा,३ बैशाख । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि गोरखाको गण्डकी गाउँ पालिका ४को वडाध्यक्ष उम्म्मेद्वारका लागि नेकपा माओवादी केन्द्रले राम कार्कीको नाम सिफारिस गरिएको छ । आज बसेको बैठकले कार्कीको नाम सर्वसम्मतीले सिफारिस गरिएको हो ।
यसैबिच सदस्यहरुमा डम्बर बहादुर गुरुङ, चिरञ्जीवी ढकाल,शम्भु प्रसाद देवकोटा,महिला सदस्यमा सीत पन्त र महिला दलित सदस्यमा लक्ष्मी वागदासलाई सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको जनाएको छ ।