Banner News

इच्छाकामनाका दिपक नेपालको अमेरिकामा दुर्घटनामा परि निधन।

इच्छाकामनाका दिपक नेपालको अमेरिकामा दुर्घटनामा परि निधन।
बोष्टन-  कामको शिलशिलामा दुर्घटनामा परि अमेरिकाको बोष्टनमा एक नेपाली युवाको निधन भएको छ। चितवनको चुम्लिङटार स्थायी घरभएका हाल म्यासाच्युसेटस राज्यको बोस्टनमा बस्ने नेपाली युवा  ३६ वर्षिय दीपक नेपालको काम गर्ने ठाँउमा १२ ‌औं तलाबाट खसेर निधन भएको जनाइएको छ । ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीका अनुसार बुधवार दिउसो साढे एक बजे तिर घटना भएको हो । कार्कीका अनुसार दीपकले क्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम गर्दथे। “कामको शिलशिलमा १२ औ तलाबाट ख...

इच्छाकामनामा माओावादीको निर्णय : कांग्रेसलाई अध्यक्ष र उपाध्यक्ष दुबै छोड्न सकिदैन

इच्छाकामनामा माओावादीको निर्णय :  कांग्रेसलाई अध्यक्ष र उपाध्यक्ष दुबै छोड्न सकिदैन
कुरिनटार , बैशाख । नेकपा माओवादी केन्द्र इच्छाकामनाले जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णय प्रति आपत्ती जनाएका छन् । आज बसेको कमिटिको वैठकले जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णय चित्त नवुझेको भन्दै आपत्ति जनाएको हो । इच्छाकामनाको भागवण्डा अवैज्ञानिक, बस्तुगत नभएकोले निर्णयप्रति आपत्ति प्रकट गरेको छ । निर्णयप्रति पुन विचार गर्न अनुरोध गर्ने र अन्यथा यस निर्णयबाट पर्न जाने असरको जिम्मेवारी जिल्ला गठबन्धनले लिनुपर्ने निर्णयमा उल्लेख भएको अध्यक्ष हरि थापाले बताउनुभयो । ७ वटा व...

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै
काठमाडौं :  आज विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा...

केही स्थानमा मेघगर्ज र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

केही स्थानमा मेघगर्ज र चट्याङसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौँ :  जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । शुक्रबार गण्डकी, बाग्म...

भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव
कुलप्रसाद काफ्ले चितवन :  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) चितवनले प्रचारप्रसारसँगै सुझाव संकलन गर्न थालेको छ । नागरिकको अपेक्षालाई आफ्नो एजेन्डामा समेट्नका लागि सुझाव संकलन गरिएको छ । एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उमेदवारी दिने तयारी गरेका विजय सुवेदीले बुधबार सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् । भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको म...

बागमती सहित चार वटा प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना

बागमती सहित चार वटा प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना
चितवन  :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ। आज देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस...

सिट बाँडफाँटका लागि सहमती जुटाउन पाँच दलिय गठबन्धनको बैठक आज पनि बस्ने

सिट बाँडफाँटका लागि सहमती जुटाउन पाँच दलिय गठबन्धनको बैठक आज पनि बस्ने
काठमाडौँ :  आज पनि पाँच दलिय गठबन्धनको बैठक बस्ने भएकोा छ । महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रुप दिन गठबन्धनको बैठक आज बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरु सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे पुनः जुट्ने गरी बैठक सकिएको थियो । बैठकमा सहभागी नेताहरुले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादु...

सवारीसाधनको कारबाहीबाट चितवनमा २ करोड राजस्व संकलन

सवारीसाधनको कारबाहीबाट चितवनमा  २ करोड राजस्व संकलन
चितवन : चितवन ट्राफिक प्रहरीले सवारीसाधनको कारबाहीबाट २ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा जिल्ला ट्राफिक कार्यालय, चितवनले २ करोड ३२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । सो अवधिमा २४ हजार ४६४ ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्यांक छ ।कार्यालयका अनुसार ९ महीनामा ६ हजार ५७६ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकलबाट मात्रै ५५ लाख १० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै...

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं  :  आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ। आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ। यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्र...

तालमेलको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

तालमेलको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौँ :  आसन्न स्थानीय तह निर्वाचनको तालमेलको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । यही वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ । महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा जुट्न लागेका हुन् । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेर दलहरुलाई महानगर र उपमहानगरको भाग...